कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु

३ भदौ, चितवन ।
कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।
चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको हो ।
काठमाडौँबाट नारायणगढतर्फ आइरहेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोहि दिशाबाट आउँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक दैलेखका २५ वर्षीय सरोज रोकाया र पछाडि सवार पहिचान नखुलेको करिब २८ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान करिब ३ बजेको समयमा ट्रकको पछाडि मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । उनीहरूको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
सवारी लाइसेन्सका आधारमा प्रहरीले चालकको पहिचान गरेको हो । ट्रक र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा छन् ।
तपाइँको प्रतिक्रिया