कृषक परीचय पत्र बितरण काय सूरू

बिबेक भण्डारी १६, कृषी सेवा केन्द्र रजहर अन्तरत कृषक परीचय पत्र पाप्त का लागी छनौट मा पर्ने कृषक हरुलाइ आइतवार बाट कृषक परीचय पत्र बितरण काय सूरू भएको छ । कृषि क्षेत्रमा लाग्ने कृषक तथा कृषिमा नै मिहीनेत गर्ने कृषिकहरुका लागि सरकारी अनुदान प्राप्त गर्न सरल होस भन्नका निमित्त कृषक परिचय पत्र वितरण गरिएको हो । चालु आर्थिक वर्ष २०७२÷०७३ भित्र जिल्लाका ६ हजार जना कृषकलाई कृषक परिचय पत्र वितरण गर्ने लक्ष्य राखेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख तेजनारायण गैरेले जानकारी दिनुभयो । नेपाल सरकारले २०७१ सालमै किसान परिचय पत्र वितरण तथा प्रयोग निर्दे्शिका जारी गरि किसानलाई परिचयन पत्र वितरण थालेको थियो । पहिलो चरणमा पाँच वटै विकास क्षेत्रका एक एक वटा जिल्लामा गरिएको यो कार्यक्रम नवलपरासी जिल्लामा पनि थपिएको हो । कृषक तथा मोहिलाई कृषि उत्पादनका लागि आवश्यक पर्ने कृषि सामाग्री, तथा अन्य अनुदान सहुलियत दरमा सहज तरिकाले उपलब्ध गराउने, गरिवि विपन्न तथा भुमिहिन तर कृषिमा आवद्ध व्यक्तिहरुलाई समेत लाभावन्तित गराउने उद्धेश्य सहित परिचय पत्र वितरण गरिएको जिल्ला कृषि विकास कार्यलय रजहर शाखाका प्रमुख नरेन्द्र भण्डारीले जानकारी दिनुभयो । कृषक परिचय पत्र लिन स्थानीय निकायको सिफारिस, नेपाली नागरिकताको प्रतिलिपि, जग्गा धनि पुर्जाको प्रतिलिपि, भाडामा लिएको भए भोगचलनका लागि लिएको सम्झौता पत्रको प्रतिलिपि सहित आएको निवेदनको आधारमा परिचय पत्र वितरण गरिने भण्डारीले जानकारी दिनुभयो । नगरपालिका अन्तरगत गैडाकोट र देवचुलि । गाविस अन्तरगत ६ गाविसका स्थानियले जेष्ठ महिनामा १६३८ दिएको निवेदन मध्ये ८६१ जना कृषकलाई कृषक परिचय पत्र वितरण गरिने छ ।
तपाइँको प्रतिक्रिया