कृषि क्षेत्रमा रकम फ्रिज नहोस् : नगर प्रमुख पौडेल

गैँडाकोट, ७ मंसिर ।
गैँडाकोट नगरपालिकाले बाली विकास कार्यक्रम अन्तर्गत गोष्ठी मंगलबार सम्पन्न गरेको छ । तिनओटा वडालाई मकैको पकेटक्षेत्रको रुपमा स्थापित गर्दै आएको नगपालिकाले मकै खेतीलाई कसरी यान्त्रीकरण गर्न सकिन्छ भन्नेबारे गोष्ठीमा जानकारी गराएको थियो ।
सो अवसरमा बोल्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले थोरै लागतमा धेरै उत्पादन हुनेगरी कृषि क्षेत्रमा लाग्न कृषकलाई अनुरोध गर्नुभयो । उहाँले नेपाल कृषीप्रधान मुलुक भएको हिसावले कृषि क्षेत्रमा विनियोजन भएको रकमलाई फ्रिज गर्न नहुने बताउँदै कृषकलाई त्यसै अनुरुप कार्यक्रम ल्याउन आग्रह समेत गर्नुभयो । उहाँले नगरपालिकाले कृषी क्षेत्रलाई विशेष प्राथमिकताका साथ हेरिरहेको बताउँदै कृषकलार्ई आवश्यक सल्लाह र सुझाव सधै प्रदान गरिरहने आश्वासन समेत दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले अर्थतन्त्रको मेरुडण्डको रुपमा कृषिलाई लिइने हुँदा कृर्षीलाई उत्पादनमा जोडने र बैदेशिक रोेजगार लगायत अन्य क्षेत्रमा पलायन हुँदै गएका यु्वाशक्तीलाई समेत कृषि आकर्षित गर्नुपर्ने बताउँनुभयो ।
सो अवसरमा नगरपालिका कृषी शाखा प्रमुख राजु प्रसाद शर्माले कृषीलाई यान्त्रीकिकरण गरेर लागत घटाउन सबै कृषक लाग्नुपर्ने बताउँनुभयो । उहाँले यस क्षेत्रको मकै विभिन्न स्थानमा विक्रीवितरण गर्दा विचौलियाले बढी मुनाफा लिने बताउँदै त्यसलाई न्युनीकरण गर्न कोसेली घर निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी वडा नम्वर ९ अध्यक्ष प्रेमप्रसाद सापकोटाले कृषिजन्य कार्यक्रममा कृषकको सहभागी न्युन भएको भन्दै सहभागी बढाउनुपर्ने बताउँनुभयो ।
कार्यक्रममा विनायक कृषी सहकारी संस्थाका अध्यक्ष तिलकप्रसाद कंडेल सहकारीले कृषिलाई यान्त्रीकरण गर्नका लागि ५० प्रतिशत नगरपालिकाको अनुदानमा कृषकलाई ठुला मेसीन खरीद गर्न आग्रह गर्दापनि कृषकले कुनै प्रतिक्रिया नदिएको गुनासो गर्नुभयो । विनायक कषि सहकारी संस्था र कृषक मिलेर नगरपालिकामा कोसेली घर निर्माण र प्रविधी भित्राउनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी कृषकहरुले व्यवसायीक मकै खेतीबाट प्रयाप्त आम्दानी भएको भन्दै खुसी व्यक्त गरेका थिए । साथै विषादीरहित उत्पादन गर्ने वातावरण मिलाइदिन नगरपालिकालाई आग्रह समेत गरेका थिए ।
गैँडाकोट नगरपालिकामा मकैबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका कृषकले मकैको व्यावसायिक खेती गर्दै आएका छन् । नगरको ६, ७ र ९ नम्वर वडामा अन्य नगदेबालीको तुलनामा मकैबाट दोब्बर नाफा हुने हुदाँ मकै खेतीप्रति यहाँका कृषकको आकर्षण बढ्दै गएको हो
तपाइँको प्रतिक्रिया