कृषि सामाग्री कम्पनी लिमिटेड भरतपुरद्धारा अर्धवार्षिकमा २ हजार ६ सय १२ मेट्कि टन मलको कारोबार

चितवन माघ १४, तराईमा जारी नाका बन्दीका कारण मलको कारोबारमा कमि भएको कार्यालयले जनाएको छ । कृषि सामाग्री कम्पनी लिमिटेड भरतपुरले यो अर्धवार्षिकमा २ हजार ६ सय १२ मेट्कि टन मलको कारोबार गरेको छ । कार्यालयले करिव ४ हजार मेट्रिक टन मलको कारोबार गर्ने लक्ष्य रापेपनि यो अर्धबार्षिकमा लक्ष्मा पुग्न नसकेको देखिएको हो । तराईमा जारी नाका बन्दीका कारण मलको आपुर्तीमा समस्या सृजना हुदा लक्ष्यमा पुग्न कठिनाई भएको कृषि सामाग्री कम्पनि लिमिटेड भरतपुरका प्रवन्धक रबिन्द्र गौतमले बताउनु भयो । कार्यालयले यो अर्धबार्षिकमा १ हजार ४ सय १७ मेट्किटन युरीया १ हजार १ सय मेट्किटन् डिएपी, १ हजार ७८ मेट्रिकटन पोटार्सको कारोबार गरेको जनाएको छ । तराईमा जारी आन्दोलनका कारण धान सिजनका लागी आवश्यक मलको आयात गर्न नसक्दा मलको कारोबारमा कमी आएको गौतमले बताउनुभयो । केहि दिन यता तराईको जनजिवन सहज भएकाले कार्यालयले धमाधम मलको आर्पुर्ती गर्न थालेको बताउदै उहाले हिउदे बाली र चैते धान सिजनलाई मल प्रयाप्त मात्रामा मौजदात रहने गरी मल आयात गरिएको जानकारी दिनु भयो । कार्यलयको गोदाममा २ सय मेट्कि टन युरीया,४०० मेट्कि टन डिएपी र १०० मेट्कि टन पोटास मौजदात रहेको जानकारी दिनुभयो । जुन मल हिउदे बाली तथा चैते धान सिजनका लागी प्रयाप्तहुने उहा बताउनुहुन्छ । जिल्लामा सक्रिय १०९ सहकारी मार्फत कार्यालयले मलको कारोबार गर्दै आएको छ । जिल्लामा अन्नबालि तरकारी बाली, फलफुल खेती लगायत माछा पालनका लागी पनि रासायीनिक मलको प्रयोग हुने गरेको छ । जिल्लामा बार्षिक रुपमा ८ देखी १० हजार मेट्किटन सम्म मलको खपतहुने गरेको कार्यालयले जनाएको छ । जिल्लामा साल्ट् टेनिगं लिमिटेडले पनि मलको कारोबार गर्ने गरेको छ । आगामी सिजनका लागी मलको अभावनहुने दुवै कार्यालयहरुले जनाएका छन् । ढुक्क संग मलको कारोबार गर्न किसानहरुलाई उनिहरुको आग्रह छ ।
तपाइँको प्रतिक्रिया