केपी ओलीका कारण राजनीतिक स्थायित्व र विकासको सपना पुरा भएन अध्यक्ष प्रचण्ड

भदौ ८, चितवन
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीका कारण राजनीतिक स्थायित्व र विकासको सपना पुरा नभएको बताएका छन् ।
बुधबार चितवनको माडीमा पुगेर हुलाकी सडक अन्तर्गतको रतनी खोला पुलको उद्घाटन कार्यक्रममा बोल्दै उनले विकासको सपना देखेर एमालेसंग पार्टी एकता गरेको र केपीओलीलाई आफ्नै प्रस्तावमा मन्त्री बनाएको बताए ।
‘राजनीतिक स्थायित्व र विकासको सपना देखेर हामीले नेकपा बनाएका थियौँ ।
केपी ओलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो, उनले भने, ‘तर दुर्भाग्य, जे सपना देखेर गरेका हौँ ।
त्यो सपना चकनाचुर भयो ।’ उनले माडीमा आएर केपी ओलीले मणि बनाउँछु भनेपनि विकास निर्माणमा अवरोध सिर्जना गरिरहेको दावी समेत गरे ।
उनले सोचेजस्तो माडीको विकास नभएपनि विकासले गति लिएको दावि गरे। उनले शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा माडीले फड्को मारेको बताए ।
दुई मन्त्रीसहित माडी पुगेका प्रचण्डले एक पटक माडीबासीलाई साथ दिन समेत उनले अनुरोध गरे ।
‘माडी बासीले मौका दिनु भयो भने बाँकी रहेका कामलाई अर्को दिनमा अझतिब्रताका साथ अलिकति गुणात्मक प्रतिफल आउने गरि काम गर्ने मेरो सपना मरेको छैन,’ उनले भने, ‘म तपाइँहरु संगै बसेर विकास मोडल खडा होस भन्ने चाहन्छु ।’ उनले विकास निर्माणमा एकता बद्ध भएर अगाडि बढ्ने बताए ।
यस्तै वन तथा वातावरण मन्त्री प्रदिप यादवले माडी नगरपालिका अन्तगर्त पर्ने रोकिएको हुलाकी सडक विस्तारको कामलाई तुरुन्त अगाडि बढ्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै मन्त्री यादवले देवेन्द्रपुलदेखि बबईसम्मको साढे सात किलोमिटरको सडक विस्तारको काम एक साता भित्रै सुचारु गर्न हुलाकी सडकलाई निर्देशन दिएका छन् ।
यहाँ ईआईए नगरि सडक विस्तारको काम अगाडि बढेको थियो । सर्वोच्च अदालतमा रिट परेपछि काम स्थगित भएको थियो ।
एक साताभित्र इआईएको प्रकृया सक्ने प्रतिबद्धता जनाउँदै उनले काम गर्न अनुरोध गरेका हुन् । उनले माडीमा हुने विद्युतको समस्यालाई पनि तुरुन्तै समाधान गर्ने बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्द इश्यिाक राईले चितवनमा विकासले फड्को मारेको बताए ।
उनले आफु नै सहरी विकास मन्त्री हुँदा धेरै पूर्वाधारहरुको शिल्यान्स भएको दावि गर्दै अहिले सम्पन्नको चरणमा रहेको दावि गरे ।
उनले नारायणी नदीमा नयाँ बन्ने पुलको शिल्न्यास समेत छिट्टै हुने बताए ।
यसैबिच चुनाव घोषणापछि पहिलोपटक माडी पुगेका प्रचण्डले करिव ३० करोडमा बन्न लागेका सडक तथा तटबन्धनको शिल्यान्स गरेका छन् ।
रणनितिक सडक अन्तरगतको बरुवा बजारदेखि गंगटेसम्मको सडकको शिल्यान्स गरेका छन् । यो सडक बरुवा बजारहुँदै भैरवपुर, सिद्रेनी, सहिदपुर, गंगटेसम्मको १२ किलोमिटर सडक कालोपत्रे हुनेछ ।
यस सडक निर्माणका लागि १९ करोड ९८ लाख ५१ हजार रुपैयाँमा ठेक्का लागिसकेको सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर विजय दराईले जानकारी दिए ।
अवको एक बर्ष भित्रसक्ने गरि शिवशक्ति शिभम्ले ठेक्का पाएको छ । यस सडकको चौँडाई साढे ५ मिटर हुनेछ ।
यस्तै हुलाकी सडक अन्तरगतको बनकट्टामा सडक स्तरउन्नतीका लागि पाँच करोड विनियोजन भएको छ । त्यसको पनि प्रचण्डले आज शिल्यान्स गरेका छन् ।
कल्बड सहित नाला बनाउने योजना सहित बजेट विनियोजन भएको हो । यसको ४१६ मिटर लम्बाई रहेको छ । यस्तै प्रचण्डले माडीका छ वटा खोलामा बन्न लागेको तटबन्धनको शिल्यान्स पनि गरेका छन् ।
जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तगर्त पर्ने योजनाको शिल्यान्स प्रचण्डले माडीको टम्टा खोलामा गरेका थिए । माडीमा ६ करोड ५० लाख ४ हजारको लगानीमा ६ वटा खोलामा तटबन्धन बन्दै छ ।
असोजबाट काम सुरु गर्ने गरी ठेक्का सम्झौता भैसकेको नारायणी नदी व्यवस्थापन आयोजनाका इन्जिनियर शंकर बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार माडीका बगई, टम्टा, परुई, मगुई, रिऊ, र चितई खोलामा तटबन्धन हुनेछ ।
प्रचण्डले रतनी खोलामा बनेको पुलको उद्घाटन समेत गरेका छन् । ६ करोड ६८ लाख ४ हजारमा लागतमा असार ३२ गते समपन्न भएको पुलको आज उद्घाटन गरिएको हो ।
२०७६ भदौ २७ गतेदेखि निर्माण थालिएको पुलको क्षेत्रफल २१ दशवलव २० मिटर रहेको छ ।
तपाइँको प्रतिक्रिया