केहीदिनका लागि मनकामना केबलकार सेवा बन्द हुने

गोरखाको मनकामनामा अवस्थित पवित्र धार्मिक स्थल मनकामना मन्दिर जान सहजतका लागि चितवनको दारेचोक र गोरखाको मनकामना जोड्न मनकामना दर्शन प्रा.लिले संचालनमा ल्याएको मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ ।
नियमित मर्मत संभारका लागि असोज १३ र १४ गते मनकामना केबलकार बन्द गरिने भएको हो । नियमित मर्मत संभार पछि पुनः १५ गतेबाट नियमित संचालनमा आउने स्टेशन म्यानेजर डिएन कायस्थले जानकारी दिनुभयो ।
चार चार महिनामा बर्षको तीन पटक मनकामना केबलकार मर्मत संभार गर्ने गरिन्छ ।
एकैदिन चार हजारले चढे केवलकार
बैशाख १२ गतेको विनासकारी भूकम्पपछि घटेको दर्शनर्थीहरुको संख्यमा विस्तारै वृद्धि हुदैँ आएको छ ।
हिजो शनिबार मात्र चार हजारले केबलकारबाट मनकामना मन्दिर दर्शन गर्नका यात्रा गरेको मनकामना दर्शन प्रा.लिले जनाएको छ । बैशाख १२ गतेपछि एक दिनमा चार हजार दर्शनार्थीले केबलकार सेवा प्रयोग गरि मनकामना मन्दिर पुगेको पहिलो रेकर्ड हो ।
बैशाख १२ गतेको भूकम्प अगाडी हरेक शनिबार ५ हजार देखी ९ हजार सम्म दर्शनार्थीहरुले केबलकार चढ्ने गरेको थियो
तपाइँको प्रतिक्रिया