कोइरालाको समर्थनमा सभापतिमा निर्वाचित हुने पौडेलको दाबी

नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीको आगामि १३ औं महाधिवेशनमा आफ्नो उम्मेदवारी सिंगो पार्टीको महाधिवेशन भएको भन्दै त्यसमा बर्तमान पार्टी सभापति सुशील कोइरालाको समेत समर्थन रहेको दाबी गर्नुभएको छ । सोमबार काठमाडौमा रिपोर्टर्स क्लब नेपालको ज्ञापन पत्र बुझ्दै उहाले आफ्नो निष्ठा,योगदान, आवश्यकता र पार्टीलाई जिवन्त बनाउन सभापति बन्न सुझाव दिएको बताउनुभयो । पौडेलले भारतमा गान्धी परिवार रहे पनि प्रधानमन्त्री र पार्टी सभापति अरु ब्यक्ति पनि बनेको उदाहरण प्रस्तुत गर्दै त्यसबाट पार्टीमा आलोपालो हुन्छ भन्ने सिक्न आग्रह पनि गर्नुभयो । संघीयता अनुसार संगठन विस्तार गर्न विद्यानमै ब्यवस्था हुनु पर्ने भएकोले विद्यान संसोधनको आवश्यकता औल्याउँदै पौडेलले २००७ सालमा आएको संविधानको कुरा अहिले आएर साकार भएकोले अबको परिवर्त
नको नेतृत्व पनि काग्रेसले लिनु पर्ने बताउनुभयो । पौडेलले बर्तमान सरकार प्रति आफ्नो धेरै टिप्पणी नभएको भन्दै काग्रेसलाई अहिले सरकारको हतारो नभएको स्पष्ट पार्नुभयो । मुलुकको अवस्थाप्रति संबेदनशिल भएर नै मुलुकको समस्या समाधान गर्दै आपूर्ति सहज बनाएर जनजीवन सामान्य बनाउन लागि परेको भन्दै उहाले सोही प्रयास स्वरु काग्रेस नेतृत्वको सरकारले नै दुई विषयमा संविधान संसोधन प्रस्ताव ल्याएको दावी गर्नुभयो ।प्रान्तीय विकासका लागि केन्द्रिय सरकार बलियो हुनुपर्ने पूर्वअर्थमन्त्री डा रामशरण महतको भनाइ, संघीयतामा जाँदा देशको अर्थतन्त्रले धान्न नसक्ने खतरा रहेको टिप्पणी ।
तपाइँको प्रतिक्रिया