कोइरालासँग नेपालका लागि अमेरिकाका राजदूत टेपलेट्जको भेट

नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइना बी टेपलेट्जले शिष्टाचार भेट गर्नुभएको छ ।कोइराला निवास महाराजगञ्जमा बुधबार भएको भेटमा नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध, अमेरिकाले नेपालको आर्थिक–सामाजिक विकासमा पु¥याएको योगदान, नेपालको पछिल्लो राजनीतिक अवस्था र सभापति कोइरालाको आसन्न अमेरिका भ्रमणका विषयमा कुराकानी भएको थियो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका कोइरालाले राजनीतिक दलहरुबीच समझदारी र सहमति कायम गरी लोकतान्त्रिक संविधान निर्माण गर्ने लामो प्रक्रियालाई निष्कर्षमा पु¥याइएको बताउनुभयो । उहाँले अहिले नेपालका सबै राजनीतिक दल लोकतान्त्रिक पद्दतिको एकै छातामुनि आउनु निकै सुखद् पक्ष भएको बताउनुभयो । सो अवसरमा अमेरिकी राजदूत टेपलेट्जले कोइरालाको नेतृत्वकालमा नेपालमा लोकतान्त्रिक संविधानको निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको थियो ।
तपाइँको प्रतिक्रिया