कोईराला र गच्छदार भेट

नेपाली कांग्रेसका सभापति सुशील कोइराला र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारवीच छलफल भएको छ कोईराला निबास महाराजगंजमा शनिबार भएको छलफल राष्ट्रपति र उपराष्ट्रपतिको उमेद्वार चयन गर्ने विषयमा केन्द्रीत रहेको नेताहरुले बताएका छन् । भेटमा सभापति कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिमा आफ्नो पार्टीले उमेद्वारी दिने र त्यसमा सघाउन गच्छदारसँग आग्रह गर्नुभएको थियो । गच्छदारले पार्टीसँग छलफल गरेर जवाफ लिने बताउनुभएको स्रोतले जनाएको छ । भेटपछि गच्छदारले भने बिगतदेखिको प्रमुख दलको सहकार्यलाई टुट्न नदिन आफुले पहल गर्दे भेटवार्तालाई तिव्रता दिएको बताउनुभयो ।
उहाले मुलुकमा संबिधानलाई स्थायित्व प्रदान गर्दे अघि बढाउन दलिय एकता आवश्यक रहेको समेत उल्लेख गर्नुभयो ।
तपाइँको प्रतिक्रिया