कोईलापनी शंखदेव जोडने केरुङगे खोलामा झलुङगे पुल निर्माण सम्पन्न , स्थानियमा खुसीयाली

नवलपरासी , माघ १७
शर्मीला चापागाई
नवलपरासीको हुप्सेकोट गाउपालिका ४ शंखदेव र कावासोती नगरपालिका १ कोईलापानी जोड्ने केरुङ्गेखोलामा झलुङगे पुल निर्माण सम्पन्न भउको छ । २०७३ सालको पौष महिनामै सम्पन्न गर्ने भनेको झोलुङ्गे पुल एक वर्ष ढिला गरी सुरु गत बर्षको फागुन वाट केही काम सुरु गरिएको भए पनी नियमित रुपमा असोज वाट काम सुरु गरिएको थियो ।स्थानीय विकास मन्त्रालय अन्तरगत कृषि सडक आयोजनाले करीब ८५ लाख रुपैयाको लागतमा निर्माण भएको पुलको लम्वाई २२०.५ मिटर रहेको छ ।
पुल निर्माणको ठेक्का ८५ लाखमा अधिकारी निर्माण सेवा गोर्खा कम्पनीले लिएको थियो । गत आर्थिक वर्षमा सम्पन्न गर्ने गरि ठेक्का लिएको भए पनि जग्गाको बिषयमा बिवाद उत्पन हुदा पुल निर्माणमा ढिलाई भएको पुल निर्माणका ठेकेदार जालानाथ अधिकारीले जानकारी दिनुभयो । जग्गाको बिवादले समयमानै पुल निर्माण हुन सकेन जग्गाको बिवाद मिलेको ११ महिनामा पुल निर्माण गर्याे अधिकारीले भन्न्ुभयो ।
पुल बन्ला र वर्षामा केरुङ्गे खोलाबाट जोखिमपुर्ण यात्रा गर्न पर्दैन भनेर ढुक्क भएका शंखदेववासी बारम्वार निराश बन्दै आएकामा यस पटक भने शंखदेववासीको सपना पुरा भएको छ ।
केरुङ्गेखोलामा पुल हुने हो भने आधा घण्टाको समयमा कावासोती आईपुगिन्छ तर , वर्षायाममा यहाका स्थानीयले कावासोती आउनकै लागि डण्डा हुदै कावासोती आउनुपर्दा डेढ घण्टा खर्चनु परेको अवस्था थियो । घुमेर आवजजावत गर्न भन्दा यहाका बासिन्दा बाढी आएका वेलामा पनि जोखिमपुर्ण यात्रा गर्ने गरेका थिए । शंखदेवका एक बिधार्थी कमल भुसालले धेरै बर्ष अगाडीवाट पुल बन्छ बन्छ भन्ने कुरा सुनेको थिए यसपाली बल्ल पुल बनेको छ । अवको बर्खामा पुलवाट नै आवातजावत गर्ने पाईने भयो भन्दै भुसालले खुसी व्यक्त गरे
खोलामा पुल नहुदा यहाका स्थानीयले निक्कै सास्ति खेप्दै आएका छन । यहाका स्थानीयको मुख्य बजार कवासोती हो । उच्च शिक्षाका लागि कावासोतीसम्म आउन पनि वर्षमा त धेरै नै गाह्रो हुने गरेको र हिउदमा पनि खोला तरेर आउन असहज हुने गरेको छ ।
किनमेल , उत्पादित कृषि सामाग्री बजारीकरण र प्रशाशनिक काम तथा उच्च शिक्षाका लागि कावासोती आउनु पर्ने बाध्यता शंखदेव बासिको छ । वर्षामा सुत्केरी महिला , सर्पदंशका विरामि , कृषक र विद्र्याीलाई धेरै समस्या हुने गरेको छ । पुल नभएकै कारण यस्ता विरामिलाई अस्पतालसम्म ल्याउन साधनले मान्दैनन जसले गदौ कतिपयले अकालमै ज्यान समेत गुमाउनु परेको तितो यर्थाथ अव भने खुसीमा परिणत भएको छ । शंखदेवकै अर्की स्थानिय पबित्रा चापागाईले खोलामा वाढी आएका समयमा छोराछोरी बिरामी हुदा समेत उपचारका लागी ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता थियो अव भने सहज हुने भयो भन्दै खुसी लागेको बताउनुभयो ।
धेरै लामो समय अगाडीवाट केरुङे खोलामा पुल बन्छ भन्ने आशामा बसेका शंखदेवबासी पटक पटक निराश हुदै आएका थिए । झोलुङे पुलको ठेक्का लागी पछि समेत पुल बन्दैनकी भन्ने आशंका लिएका स्थानिय पुल निर्माण भएसंगै खुसी व्यक्त गरेका छन । यस पुलवाट विषेशगरि शंखदेव , कुटे , पोखरीका बासिन्दा बढि लाभान्वित हुनेछन ।
तपाइँको प्रतिक्रिया