कोदालो प्रहार गरी हत्या

चैत्र-३१, गैडाकोट, नवलपरासीको गैडाकोटमा आज बिहान कोदालो प्रहार गरी एक जनाको हत्या भएको छ । गैडाकोट नगरपालीका २ बस्ने वर्ष ४१ का विष्णु प्रसाद पौडेलले आफ्नो घरमा डेरा गरी बस्ने साविक दुम्किबास १ निवासी वर्ष ३६ का शेषकान्त रिमाललाई कोदालो प्रहार गरी हत्या गरेका हुन । आज बिहान ३ बजेको समयमा सामान्य विवादका कारण कोदालोले टाउका प्रहार गर्दा घाईते भएका रिमालललाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । कोदालो प्रहार गर्ने अभियुक्त विष्णु प्रसाद पौडेललाई नियन्त्रण लिई अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए । मृतक रिमाल सरस्वती निकेतन बोर्डीङ स्कुलमा प्लस टु तर्फको कोअर्डिनेटर हुनुहुन्थ्यो ।
तपाइँको प्रतिक्रिया