कोभिडको तेस्रो र चौथो लहरको खतरा, बालबालिकाका लागि २० प्रतिशत बेड तयारी हालतमा राख्न पत्राचार

नवलपुर, २१ जेठ ।
सरकारले कोभिड महमारीको तेस्रो र चौथो लहरले बालबालिका बढी संक्रमित हुन सक्ने जनाएको छ । बालबालिकालाई संक्रमण हुन नदिन घर परिवार समेत सचेत हुनुपर्ने देखिएको छ । सरकारले सबै सरकारी तथा निजी अस्पताललाई कम्तीमा २० प्रतिशत बेड तयारी अवस्थामा राख्न अनुरोध गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी बालबालिकाको उपचारमा प्रयोग हुने गरी अस्पतालका २० प्रतिशत बेड राख्न अनुरोध गरेको हो ।
बालबालिकाको लागि तयारी सहितको अस्पतालहरूलाई अक्सिजनको समेत व्यवस्थापन गर्न भनिएको छ ।
तपाइँको प्रतिक्रिया