नवलपुरमा आज ७५ जनामा कोभिड पुष्टि, गैँडाकोटका १९ जना,आइसोलेशनमा कति हेर्नुहोस् रिपोर्ट

गैँडाकोट, ११ जेठ ।
नवलपुरमा आज ७५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । जसमा गैँडाकोटका १९,देवचुलिका ८, कावासोतीका २१, मध्यविन्दुका ७, विनयी त्रिवेणीका १७, हुप्सेकोटका २ र अन्यमा १ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार जिल्लामा संक्रिय संक्रमितको सख्या १ हजार ७६ रहेको छ । आज मृत्युको सख्या भने ० रहेको छ । जिल्लामा आज ४२ जना निको भएका छन् । जसमा गैँडाकोटका १२, देवचुलीका ३, कावासोतीका ७, मध्यविन्दुका ९, विनयीका ८, हुप्सेकोटका १ र अन्यमा २ निको भएका छन् ।
तपाइँको प्रतिक्रिया