कोभिड–१९ न्यूनीकरण रिस्पोन्स टिम को सक्रियतामा गैंडाकोट–१६ मा स्वास्थ सामाग्री बितरण

जेठ ६ , नवलपुर
नमुना आमा समुहको आयोजनामा बिहीबार गैँडाकोट १६ , धर्मभक्त टोलमा रहेका ८५ घरधुरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । कोभिड–१९ को न्युनिकरणका लागि अमरापुरीका सक्रिय युवाहरु मिलि गठन गरिएको कोभिड–१९ न्यूनीकरण रिस्पोन्स टिम को अभियान अन्तर्गत नमुना आमा समुहको आयोजना र धर्मभक्त टोल बिकास संस्थाको आर्थिक सहयोग मा बिहिबार गैडाकोट १६, धर्मभत्त टोलमा रहेका ८५ घरधुरीलाई सर्जिकल मास्क, सेनिटाइजर लगाएतका स्वस्थ्य सामाग्री बितरण गरि कोभिड न्युनिकारणको लागि सरकारको मापदण्ड पुर्णरुपमा पालना गर्न सचेत गराइएको छ।
सचेतना कार्यक्रममा बोल्दै गैंडाकोट वडा नम्बर १६ का वडाध्यक्ष गोवर्धन ज्ञावाली ले अमरापुरिमा कोभिड–१९ लाई न्युनिकरण गर्न खटिएका आफ्नो वडाका ११ वटा महिला समुहहरुलाइ आफ्नो तलव बाट रु.१०,०००को दरले सहयोग गरि प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।
कोभिड–१९ न्यूनीकरण रिस्पोन्स टिम गैडाकोट १४–१७, अमरापुरी ले यस प्रकारको कार्यक्रम मार्फत जनसमुदायलाई सचेत गराउदै संक्रमीत हरुलाइ भेटेर प्रोत्साहन गर्ने, परिवारलाई आवश्यक सल्लाह दिने र सक्रमितलाइ गाह्रो भएको अवस्थामा एम्बुलेन्स खोजी अस्पताल पुर्याउने कार्य गरिरहेको छ। यस कार्यक्रममा धर्मभक्त टोल विकास संस्थाले ३००० रुपैया सहयोग गरेको छ ।
तपाइँको प्रतिक्रिया