कोरोनाभाइरसले नेपाल भ्रमण वर्ष २०२० लाई पार्यो असर

माघ २२ ,काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनबाट फैलिएको कोरोनाभाइरसले नेपाल भ्रमण वर्ष २०२० लाई थोरै अस पुर्याएको बताएका छन् ।
बुधबार पोखरामा विश्व शान्ति समारोह उद्घघाटन गर्दै प्रचण्डले भने,‘हामी नेपाल भ्रमण वर्षमा छौं । चीनमा देखिएको कोरोनाभाइरसले थोरै ठेस लागेको छ । तर यो छिट्टै नियन्त्रण हुन्छ ।’
उनले नेपालमा अहिले कोरोना संक्रमित नदेखिएकाले डराउनुपर्ने अवस्था नरहेको पनि बताए । उनले नेपालमा कोरोनाभाइरस संक्रमित प्रमाणित रूपमा अहिलेसम्म कोही पनि नरहेको बताए । तर महामारी सबै मिलेर नियन्त्रण गर्नुपर्ने प्रचण्डको भनाइ छ ।
‘चीनले झण्डैझण्डै चमत्कारजस्तै गरेर अस्पताल बनाउने र भ्याक्सिन बनाउने काम गरिरहेको छ,’ उनले भने ।
नेपालमा प्रमाणित रूपमा कोही पनि कोरोनाभाइरस संक्रमित छैनन्, त्रसित हुनुपर्ने स्थिति छैन। चीनमा पनि छिट्टै नियन्त्रणमा आउँछ र वातावरण सहज हुन्छ,’ उनले भने।
“एउटा हो कि भन्ने आशंका गरिए पनि होइन भनेर अस्पतालबाट डिस्चार्ज भएर गइसकेको अवस्था छ । स्वास्थ्य मन्त्रालयले नेपालमा हालसम्म संक्रमित फेला नपरेको प्रमाणित रूपले भनिसकेको छ । जहाँबाट संक्रमण फैलिएको भनिएको हो त्यहाँ रहेका नेपाली विद्यार्थी उद्धार गरेर ल्याउन सरकारले पहलकदमी लिई नै सकेको छ । यसर्थ कोरोनाबाट हामी कोही पनि त्रसित हुनुपर्ने अवस्था छैन । छिट्टै चीन र अन्यत्र पनि नियन्त्रण हुन्छ । हामीले यो सन्देश प्रवाह गर्नुपर्छ ।”
कोरोनाभाइरस संक्रमण फैलिएपछि चिनियाँ पर्यटक नेपाल आएका छैनन् ।
तपाइँको प्रतिक्रिया