कोरोनाले आमासहित पेट भित्रको बच्चाको ज्यान गयो

नवलपुर, ३ जेठ ।
कोरोनाको कारण विराटनरमा गर्भवती महिलासहित पेट भित्रको बच्चाको मृत्यु भएको छ । विराटनगर १ की ३५ वर्षीया सावित्रा भट्टराईको कोरोनाबाट मृत्यु भएको हो । गत वैशाख १६ गते उनलाई कोरोना देखिएको थियो । सावित्राको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई कोसी अस्पतालमा भर्ना गरिएको थियो ।
भट्राईको अवस्था निकै जटिल भएपछि आमालाई कि गर्भको शिशुलाई बचाउनुपर्ने विकल्प भएको राजवंशीले बताए । उनको परिवारबाट आमालाई नै बचाउने भनेपछि शिशुको पेटभित्रै मृत्यु भएको थियो त्यसपछि साबित्राको प्लाज्मा थेरापी पद्धतिबाट पनि उपचार गर्न थालिएको पनि सुधार हुन नसकेपछि शनिबार राति साढे ९ बजे नै साबित्राको निधन भएको अस्पतालले जानकारी दिएको हो ।
तपाइँको प्रतिक्रिया