कोरोना नियन्त्रणका लागि सरकारले दिनरात प्रयत्न गरेको प्रधानमन्त्री ओलीको दावी

जेठ ६ , काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका लागि सरकारले दिनरात प्रयत्न गरेको बताएका छन् । ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै ओलीलाई १५ बुँदे ज्ञापन पत्र बुझाएका छन् । ओलीले जवाफ दिदैँ भ्रष्टाचारको आरोप निराधार रहेको र ‘भ्रष्टाचारीलाई छेउ पर्न नदिने बताएका हुन । ओलीले दिनरात नभनी सरकारले काम गरेको नै दाबी गरे ।
पार्टीका पदाधिकारीसहित सिंहदरबार पुगेका सभापति देउवाले ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री ओलीलाई जनताको जीवनप्रति जिम्मेवार रहन आग्रह गरेका हुन् । कोरोनाविरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराउन, अक्सिजनको अभाव अन्त्य गर्न र खोप खरीदमा भएको अनियमितताको छानबिन गर्न माग समेत गरेका छन् ।
‘खोप किन्ने कुरामा पनि भ्रष्टाचार गरेको कुरा आयो । यो त अति भयो नि’, देउवालाई उद्धृत गर्दै कांग्रेस सह महामन्त्री डा। प्रकाशशरण महतले भने । जवाफमा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सरकारले दिनरात प्रयत्न गरेको र भ्रष्टाचारको आरोप निराधार रहेको बताए । ‘भ्रष्टाचारीलाई छेउ पर्न दिन्न । दिनरात नभनी सरकारले काम गरेको छ’, ओलीको जवाफ थियो ।
तपाइँको प्रतिक्रिया