कोरोना नियन्त्रणका लागि नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

नवलपुर, ७ जेठ ।
कोरोना नियन्त्रणका लागि नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने भएको छ । नेपालमा बढ्दो कोरोना भाइरस (कोभिड–१९) संक्रमण न्यूनीकरणको लागि अष्ट्रेलियाले सहयोगको घोषणा गरेको हो ।
अष्ट्रेलियाको विदेशमन्त्रालयले विज्ञप्ति जारी गरी नेपाललाई कोरोना महामारी नियन्त्रणका लागि उपकरण खरिदका लागि सो रकम हस्तान्त्रण गर्ने जनाएको हो । यो सहयोग राष्ट्रसंघ र एनजीओमार्फत् प्रदान गर्ने विज्ञप्तिमा जनाइएको छ ।
अष्ट्रेलियाले बंगलादेश र श्रीलंकालाई पनि सहयोगको घोषणा गरेको छ । बंगलादेशलाई ५० लाख र श्रीलंकालाई ५५ लाख डलर सहयोग गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तपाइँको प्रतिक्रिया