कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु, थपिए ८६०७ संक्रमित

जेठ ७ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । ८६०७ जना संक्रमित थपिँदा ७८९० जना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार २२६ नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ४ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १,७५२ जना, भक्तपुरमा २५९ जना र ललितपुरमा ४०० जना कोरोना संक्रमित भेटिएका छन् । बिहीबार देशभर थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १७७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
तपाइँको प्रतिक्रिया