कोरोना संक्रमणबाट निको हुनेको अनुभव : ‘कोरोना खासै ठुलो रोग हैन यसलाई जिस्काएर र नटेरेर हामीले ठुलो बनायौं’ – पदमराज ढकाल ‘आशावादी’

जेष्ठ ४, मंगलबार
कोरोनाको बिभिन्न चरण अथवा प्रकारहरु हुन्छन जस्तै कसैलाई ज्वरो कसैलाई रुघा खोकि, त ज्यान दुख्ने संगै छाती दुख्ने धाँटी पोल्ने खोक्दा केहि अड्किए जस्तो लाग्ने, आँखाको गेडी झर्ला जस्तो गरि दुख्ने टाउको दुख्ने ईत्यादी । लापरबाही गर्नु कुनै रोगमा पनि हुँदैन तर बिशेष कोरोनाको कहर को अवश्थामा यसका लक्षणलाई बुझेर सुरुबाती अवश्थामै डक्टरको परामर्श मा दवाई (टाईम टु टाईम) सेवन गर्दै श्वास प्रश्वासमा समस्या भए मात्र अस्पताल जाने, यो समस्या आउने मुख्य कारण नै दवाईको मात्रा रेगुलर नखाने, एक सिटामोल खाए पछि ठिक भो भन्ने निस्किने, तातो पानी र झोलिलो कुरा प्रसस्त रुपमा नपिउने अथवा पिए पनि मिठो भएन भनेर छोड्ने, मुख्य कारण स्याहारको जरुरत भएको वेला कोठामा बसेका र छुट्टिएर बसेका परिवार जसका साना साना बाल बच्चा छन अथवा श्रीमान श्रीमती मात्र भएको अवश्था छ भने सामान्य रुपमा संगै बस्ने लाई सर्ने हुँदा उनिहरुलाई करकाप गरेर प्रसस्त मात्रामा झोलिलो कुरा को कुरै छोडौं पानी समेत खुवाउने मान्छे नहुँदा रोगले गाल्दै जान्छ त्यसो त सुरुवाती अवश्थामा पोजिटिभ देखिए पनि सामान्य भन्दा बढि कठिन भएकालाई मात्र भर्ना लिईन्छ । सामान्य भनि घर फर्किएका कति आफैले सतर्क बन्दैनन अनि कतिलाई स्याहार र खाने कुरा दिने मान्छे समेत हुँदैनन आफन्ती मान्छे सुरक्षा अपनाएर सेवा गर्न पनि डराउने गर्दछन । कोराना बिरामी लाई हेर्ने दृष्टिकोण पनि फरक छ जसका कारण आत्मबल कमजोर हुन्छ। दिनानु दिन मृत्युका खबर सुनेर मानिस हतोत्साहित हुन्छ अनि स्वतः श्वाश प्रश्वाशमा समस्या आउँछ।अत्याधिक समस्या आए पछि अस्पताल लगिन्छ । त्यस पछि अक्सिजन र दबाई बाहेक खानेकुराको चाजो राम्रो हुदैन र बिरामी को निधन पनि हुन सक्छ। हजुर ले भनेझै हेलचेक्राई ले गर्दा रोगले गाले पछि हेर्दा सामान्य देखिने बोलचाल गर्ने भए पनि कोरोना ले त्यस्तो अवश्थामा एक्कासी फोक्सो र श्वाश नलीमा असर गर्ने हुँदा मानिसको अस्पताल नपुर्याउँदै निधन हुन्छ। त्यसैले कोरोनाको बिरामी लाई श्वाश प्रश्वाशमा जतिवेला पनि समस्या आउन सक्ने हुँदा सुरुबाती अवस्था बाटै घरमै अक्सिजन लेभल मेन्टेन गर्नु पर्छ। तातो पानीको बाफ दिनमा ३ पटक सुत्दा उत्तानो परेर नसुत्ने , छातीमा नरम सिरानी राखेर घोप्टो परि सुत्ने, कोल्टे फर्केर सुत्दा हातले छातीको सिरानी हलका दवाउने दुई घुँडाको बिचमा बिडो हाले झै गर्ने यसो गर्दा स्वासप्रस्वासमा सहज हुन्छ (भोगाई)। लागेको ७/८ दिन सम्म सामान्य समस्या जस्तो माथि उल्लेखित श्वाश प्रश्वासमा आउँछ तर नआत्तिकन आत्मबल वढाएर माथि भनिएका कुरा गर्न जरुरत हुन्छ। साथै खान नरुच्ने अनि गन्ध र स्वाद पनि नआउने हुँदा पानी को घुट्को लाएर भए पनि खान चैं नछोड्ने। यो कुरा भन्दै गर्दा सुरुबातमै डाक्टर को सल्लाह बमोजिम को दावाई र भिटामिन खान भुलेर पनि भुल्न हुँदैन तथा हेल चेक्राई को कुनै माफी हुने छैन । अन्तयमा मेरो भोगाई अनुसार अस्पतालमा जानु तथा सल्लाह मा दवाई लिएर घर मै स्याहार सुसार भन्दा ठुलो रोगसँग लड्न सक्ने बिकल्प अरु हुन सक्दैन। लगभग अक्सिजन दिनु पर्ने र भेन्टिलेटरमा राख्नु पर्ने सम्म पुग्नु भनेको कि रोगलाई नबुझ्नु कि स्याहार नपाउनु अनि हेलचेक्राई बाहेक शत प्रतिशत अरु केहि हैन। रोग महामारीको रुपमा फैलने कारण पनि यहि नै हो। त्यसैले आफै सतर्क बनौ बाहिर नसिकस्कौ निस्कनै परे पुरा सुरक्षाका साथ निस्कौ। कोरोना खासै ठुलो रोग हैन यसलाई जिस्काएर र नटेरेर हामीले ठुलो बनायौं। सबै सजक र सुरक्षित रहनुहोला । कोरोना लागेका सबैलाई चाडो निको होस् भनि कामना गर्दछु।
पदमराज ढकाल आशाबादी
तपाइँको प्रतिक्रिया