कोसी प्रदेश नामकरण भएको खुसीयालीमा बिहीबार त्यस प्रदेशमा सार्बजनिक बिदा

फाल्गुन १८, काठमाडौं
प्रदेश नम्बर १ को नाम कोसी प्रदेश नामकरण भएको छ । दोस्रो कार्यकालमा प्रदेश नम्बर १ को नाम कोसी प्रदेश नामकरण हो । यसै खुसीयालीमा बिहीबार त्यस प्रदेशमा सार्वजनिक बिदाको घोषणा गरिएको छ । कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रालयले प्रदेश १ को कोसी प्रदेश नामकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन गर्दै बिदाइ घोषणा गरेको जनाएको छ । बुधबार भएको मतदानमा कोसी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत खसेको थियो ।
तपाइँको प्रतिक्रिया