क्यान्सरको उपचार गराईराख्नुभएकी चौधरीलाई लायन्स क्लबको नगद सहयोग हस्तान्तरण

३ भाद्र , गैडाकोट
लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ आर ले आज लायन सुन्तली चौधरीलाई गैडाकोटमा नगद सहयोग हस्तान्तरण गरेको छ ।
क्यान्सरको उपचार गराईराख्नुभएकी चौधरीलाई वहाँकै निवासमा पुगी लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ आरका डिष्ट्रिक गर्भनर सिद्धार्थलाल चुकेले चितवन तथा नवलपुर क्षेत्रका बिभिन्न लायन्स क्लबहरुबाट संकलन गरिएको रु २ लाख ५४ हजार १ सय ७५ रुपैया प्रदान गर्नुभएको हो । रकम हस्तान्तरण कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ आर का बिभिन्न पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
रकम प्रदान गर्दै गर्भनर चुकेले आजको यस सहयोगले लायन्स आफ्ना सदस्यहरुको सुख र दुःखमा सँगै छ भन्ने प्रमाणित भएको बताउनुभयो । डिष्ट्रिक सचिब राजेन्द्र गौतमले रकमले आर्थिक भन्दा पनि लायन साथीहरु सँगै हुनुहुन्छ भन्ने मनोबैज्ञानिक शाहस प्रदान गर्ने बताउनुभयो ।
चौधरीको गत चैत्र महिनामा भारतको एपोलो अस्पतालमा शल्यक्रिया गरिएको थियो । थप उपचारका लागि असोजमा अस्पताल जानुपर्ने सामाजिक अभियन्ता लायन लक्ष्मी भट्टराईले बताउनु भयो । सो रकम यस क्षेत्रका लायनहरुले स्वस्फुर्त रुपमा संकलन गरेका हुन ।
तपाइँको प्रतिक्रिया