क्रिकेट रंगशाला बनाउन थप उत्साहका साथ लागौँ : नेकपा प्रदेश ३ अध्यक्ष दाहाल

चितवन, २१ जेठ ।
नेपाल क्युनिष्ट पार्टी (नेकपा) प्रदेश ३ का अध्यक्ष नारायण दाहालले क्रिकेट रंगशाला नेपालकै गौरव आयोजना भएको हुदाँ यस विषयमा सबै एकजुट हुनुपर्ने बताएका छन् ।
धुर्मुस सुन्तलीले निर्माण गर्न लागेको रंगंशालामा बाटो विवादका कारण स्थानियले डोजर चलाएर भत्काएपछि उत्पन्न विवाद कायम रहेकै वेला आज स्थलगत अवलोकन गर्दै दाहालले रंगशालाका विषयमा सबै एकजुट हुनुपर्ने बताएका हुन् ।
उनले विकास गर्दै जादाँ केहि समस्या आउने र समस्या छलफलबाट निकास गर्न सकिने बताउदै रंगशालामा देखिएका समस्या सर्वपक्षिय छलफलबाट निकास दिन सकिने बताए ।
रंगशाला नै भत्काउनु दुखद् पक्ष रहेको भन्दै दोषीलाई कानुन अनुसार कार्वाही हुने हुदाँ अब सबैले यो गौरवको आयोजनामा थप उत्साहका साथ लाग्नुपर्ने बताए ।
साथै उनले गौरवको आयोजना रंगशालामा भत्कीएको संरचना सासंद, मेयर रेनु दाहालसहित आम जनता सक्रिय भएर बनाएको भन्दै धुर्मुस सुन्तलीलाई ढुक्क भएर काम गर्न अपिल पनि गरे ।
उनीसगैँ स्थलगत निरीक्षणमा नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार,सहित युवा नेताहरु सहभागी थिए ।
तपाइँको प्रतिक्रिया