क्वेटामा बिस्फोट, कम्तिमा १५ को मृत्यु

२९ पुस,पाकिस्तानको क्वेटा शहरमा भएको एक विस्फोटमा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी मानिस घाइते भएका छन् ।
क्वेटा शहरको सेटेलाइट टाउनमा रहेको एक पोलियो सेन्टर नजिकै बुधबार बिहान उक्त विस्फोट भएको हो । प्रत्यक्षदर्शीलाई उदृत गर्दै समाचारमा जनाइए अनुसार बिस्फोटले उक्त क्षेत्रको जमिननै हल्लिएको क्वेटामा बिस्फोट, कम्तिमा १५ को मृत्यु र विस्फोटपछि फायरिङग पनि भएको बताइएको छ ।
बिस्फोट लगत्तै सुरक्षाकर्मीहरूले उक्त क्षेत्र घेरेका छन् । विस्फोटपछि प्रहरी र उद्धारकर्मीहरू पनि पुगेर घाइतेहरूको उद्दार गरेका थिए । विस्फोटबाट घाइते भएका मानिसहरूलाई क्वेटाको सिभिल अस्लतालमा पठाइएको छ ।
गत सोमबारदेखी क्वेटा र बलुचिस्तानका अन्य जिल्लामा एक तीन दिवसीय पोलियो विरोधी अभियान सुरू गरिएको थियो । बुधबार त्यसको अन्तिम दिन थियो । यसै अनुसार पोलियो केन्द्रबाट बालबालिकालाई पोलियो खुवाउनका लागि टोली पठाउन लागिएको थियो ।
उक्त अभियानमार्फत उक्त क्षेत्रमा रहेका ५ वर्षमुनीका कम्तिमा २.४ लाख बालबालिकालाई पोलियोको खोप लगाउने योजना रहेको थियो । यसमा अफगान शरणार्थीहरूका ५५ हजार भन्दा बढी बालबालिका पनि रहेको छ ।
सुरक्षा संयन्त्रका अधिकारीहरूका अनुसार जुन समयमा विस्फोट भएको थियो । सो समय पोलियो टोली पोलियो केन्द्रतर्फ जान लागेका थिए । पाकिस्तानमा लामो समयदेखि पोलियो कार्यकर्तालाई जासूसी या मुसलमानहरूलाई बाझो बनाउने हल्ला फैलाउँदै निशाना बनाउने गरिएको छ ।
तपाइँको प्रतिक्रिया