क्षमता बिस्तार हुदै जिल्ला अस्पताल

पुरुषोत्तम सुबेदी
नवलपरासी , ६ जेठ । नवलपरासीको सदरमुकाम परासीमा रहेको जिल्ला पृथ्वी चन्द्र अस्पतालको शैया क्षमता २५ बाट बढाएर ५१ शैया बनाउने कामको थालनी शुरु गरिएको छ । हाल २५ शैयामा सन्चालन भईरहेको जिल्ला अस्पताललाई स्तारोन्नती गरि ५१ शैयाको बनाउनका लागी सरकारी स्तरबाट आवश्यक काम तिब्र गतिमा अगाडी बढाईएको अस्पताल बिकास समितीकी अध्यक्ष लक्ष्मी क्षेत्रीले बताउनुभयो ।
अस्पतालको क्षमता बिस्तार गरी ५१ शैया बनाउन आवश्यक प्रकृयाका लागी स्वास्थ्य मन्त्रालय टोली जिल्ला अस्पतालमा सर्वे समेत गरिसकेको जिल्ला पृथ्बी चन्द्र अस्पतालका प्रमुख डा. मोहम्दनुरुल होदाले बताउनुभयो ।
अस्पतालका अनुसार मन्त्रालय र बिभागबाट आवश्यक सबै काम पुरा भएको छ । अब अर्थ मन्त्रालयले बजेट स्विकृत गरेपछि हाल २५ शैया रहेको जिल्ला अस्पताल ५१ शैयाको मान्यता प्राप्त गर्ने छ ।
अस्तताल ५१ शैया भएपछि जिल्ला जिल्ला अस्पताल प्रदान गर्दै आएको सेवा सुविधामा बिरामीहरुले थप सेवा प्राप्त गर्ने छन् भने महिला, बालबालिका, हाडजोर्नि लगायतका विशेषज्ञ डाक्टरहरुको समेत उपलब्धता हुने छ ।
तपाइँको प्रतिक्रिया