गैँडाकोटको खरखरे खोलामा पानिको बहाव बढ्दै, सवारी साधन सञ्चालनमा कठिनाई

गैँडाकोट, १ असार ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत गैँडाकोट १० र ११ को सिमानामा पर्ने खरखरे खोलामा पानि बढेपछि समस्या भएको छ । खरखरे सडक खण्डमा निरन्तर वर्षाका कारण बन्दै गरेको सडकमा पानि ओभरफ्लो हुदा सवारी साधन सञ्चालनमा कठिनाई भएको नवलपुर प्रहरीले जानकारी दिएको छ । केहिबेर सवारी साधन सञ्चालन गर्न नसकि रोकिएको समेत प्रहरीले जानकारी दिएको छ ।
अहिले भने इलाका प्रहरी कार्यालय गैँडाकोट र जिल्ला प्रहरी कार्यालयका टोलिले सवारी साधन पास गराइरहेको प्रहरी उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिनु भयो । सडक र बन्दै गरेको डाइभर्सन जोखिममा रहेको छ । अहिले सवारी साधनहरु एक तर्फी रुपमा चलिरहेका छन् । डाईभर्सन नाघेर बाढि बगेको छ जसकारण यात्रु लगाएत सवारी साधानहरुलाई उच्च जोखिम रहको प्रत्यक्षदर्शीले जनाएका छन् । बर्षा निरन्तर भैरहेकाले पानिको बहाव अझै बढ्न सक्ने भन्दै सवैलाई सचेत रहन नवलपुर प्रहरी उपरीक्षक गिरीले आग्रह गर्नु भएको छ ।
तपाइँको प्रतिक्रिया