खाद्य र अखाद्य वस्तु छुट्टै राखी बिक्री वितरण गर्न वाणिज्य आपूर्ति विभागको आग्रह

चितवन, भाद्र २७
बिक्री स्थानमा दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी खाद्य र अखाद्य वस्तु छुट्टै राखी बिक्री वितरण गर्न वाणिज्य आपूर्ति तथा संरक्षण विभागले आग्रह गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महनिर्देशक योगेन्द्र गौचनले दशैँ, तिहार तथा छठ जस्ता मुख्य पर्वलाई लक्षित गरी बिक्रीस्थलमा म्याद समाप्त भएका वस्तु अलग्गै छुट्याइ राख्ने, म्याद समाप्त भएका वस्तु सडी गली जाने भए वा त्रुटिपूर्ण उत्पादनका वस्तु भए नष्ट गर्ने र तत्कालै सडी, गली नजाने म्याद समाप्त भएका वस्तु जहाँबाट खरीद भएको हो त्यही फिर्ता गर्न ब्यवसायीलाई आग्रह गर्नु भयो । उनले कुनै पनि वस्तु खरीद गर्दा मूल्यसूची अनिवार्य हुनुपर्ने बताउनु भयो । उनले बजार अनुगमन कडाईका साथ गर्न पनि उहाले मातहतका निकायमा निर्देशन दिनु भएको छ । सरकारले तोकेको वा अधिकतम खुद्रा मूल्यभन्दा बढीमा वस्तु वा सेवा बिक्री गरेको पाईएमा तत्काल खवर गर्न उहाको आग्रह छ । अहिले सरकारी स्तरबाट साल्टट्रेडिङ कर्पोरेशनले काठमाडौँ उपत्यकाका ११ र उपत्यका बाहिरका २४ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ । यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकामा पाँच स्थानमा र उपत्यका बाहिर १८ स्थानमा गरी कूल २३ स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछ । दुग्ध विकास संस्थानले उपत्यकाभित्र चार स्थान र उपत्यबाहिर ११ स्थान गरी १५ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउनेछ ।
तपाइँको प्रतिक्रिया