खाद्य संस्थानले दसैँमा मासुबजार मूल्य नियन्त्रणका लागि खसीबोका र च्यांग्रा बिक्री सुरु

खाद्य संस्थानले काठमाडौंको थापाथलीस्थित अञ्चल कार्यालयबाट शुक्रबारदेखि दसैँका खसीबोका गरेको छ । दसैँमा मासुबजार मूल्य नियन्त्रणका लागि संस्थानले उपत्यका बाहिबाट खसीबोका ल्याई बिक्री गर्दै आएको छ । बिक्रीका लागि करिब ३ सय ५० खसीबोका र सात सय च्यांग्रा राखिएको संस्थानले जानकारी दिएको छ । बिहीबार साँझसम्म एक सय ४० खसीबोका काठमाडौं भित्रिसकेको र अरु खसीबोका बाटोमा ढुवानीकै क्रममा रहेको बताईएको छ । च्यांग्रा पनि करिब एक हजार मुस्ताङमा खरिद गरिएको संस्थानले बताएको छ । निजी क्षेत्रले बिहीबारदेखि दसैँका खसी बिक्री सुरु गरे पनि शुक्रबारदेखि ठूलो संख्यामा बिक्री सुरु गर्ने बताएका छन् । शुक्रबार करिब ४ हजार ५ सय खसीबोका बिक्रीका लागि राखिने व्यबसायीहरुले जनाएका छन् । व्यवसायीले कलंकीस्थित खसीबजारबाट बिक्री गरिरहेका छन् । बिहीबार भारतीय जिउँदो खसी प्रतिकेजी ४ सय ६५ र स्वदेशी जिउँदो खसी ४ सय ४५ रुपैयाँ प्रतिकेजीसम्म बिक्री भएको थियो ।
तपाइँको प्रतिक्रिया