खानेपानी तथा सरसफाई अध्यक्षमा शेषकान्त देवकोटा विजयी

गैडाकोट ४, मुकुन्दपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैँडाकोट ११ को नयाँ कार्य समितीको अध्यक्षमा शेषकान्त देवकोटा विजयी हुनुभएको छ । उहाँले प्रतिद्धन्दी पदमलाल पौडेललाई पराजित गर्नुभएको छ । देवकोटाले ८ सय २३ मत प्राप्त गर्नुभएको छ भने पौडेलले ५ सय ४१ मत प्राप्त गर्नुभएको थियो । पौडेल नेकपा एमालेको तर्फबाट र देवकोटा एमाले बाहेकका अन्य दलहरुको संयुक्त प्यानलबाट उम्मेदवार बन्नुभएको थियोे । देवाकोटाको प्यानलका सबै उम्मेद्वारले विजयी हासिल गरेको छन् । उपाध्यक्षमा मीना भट्टराइ विजयी हुनुभएको छ । उहाँले ७ सय ४९ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्धन्दि कृतिनाथ पाठकले ५ सय ७९ मत प्राप्त गर्नुभयो । सचिवमा वेदप्रसाद कंडेल विजयी हुनुभएको छ । कंडेलले ७ सय ४८ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्धन्दी रामचन्द्र धितालले ६ सय ४ मत प्राप्त गर्नुभएको थियो । कोषाध्यक्षमा मायाँ कुवर विजयी हुनुभएको छ । कुँवरले ७ सय २४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्धन्दि खीमाकुमारी शर्मा ६ सय १ मत प्राप्त गर्नुभएको थियो । यसैगरी महिला सदस्यमा सता भट्टले ७२४ मत र छलिमाया सोती मगरले ७ सय ६२ मत ल्याइ विजयी हुनुभएको छ । यसैगरी सदस्यका लागि खड्क बहादुर क्षेत्रीले ७ सय ३३ मत, भोजबहादुर महतो ७ सय ३२ मत, बुद्धबहादुर सुनारले ६ सय ९९ मत ल्याइ विजयी हुनुभएको छ । पाचौँ अधिवेशन शुरु भएको ६ महिनापछि हिजो निर्वाचन भएको हो । गत चैत्र २० गतेदेखी शुरु भएको पाचौँ अधिवेशन सहमतीका लागी भन्दै पटक पटक प्रयास गरेपनि सहमती जुट्न नसकेपछि निर्वाचन भएको हो । यो विचमा सहमतीका लागी भन्दै दर्जन वढि बैठक बसेको व्यवस्थापक हरिप्रसाद पनेरुले बताउनुभयो । निर्वाचनमा १४ सय ८३ मतदाताले मतदान गरेका थिए भने १३७९ मत सदर भएको निर्वाचन समितीका संयोजक बाबुराम पौडेलले जानकारी दिनुभयो । २७०० उपभोक्ता मध्ये सर्वदलिय निर्णयबाट जेठ मसान्तसम्म समयमा नै महशुल बुझाउने २००८ मतदाता कायम गरीएको थियो । ९ सदस्यीय कार्यसमितीको कार्यकाल ३ वर्षको रहन्छ ।
तपाइँको प्रतिक्रिया