खाने तेल बोकेर काठमाडौं आउँदै गरेको ट्रक त्रिशूली किनारमा खस्दा आगलागी

भाद्र १२, काठमाण्डौं
विराटनगरबाट खाने तेल लिएर काठमाडौँ आउँदै गरेको ना ५ ख ५९५५ नम्बरको ट्रक पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ जरे खेतमा दुर्घटना भएको छ ।
सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो ।
इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालको नेतृत्वको प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त टोली सहित स्थानीयवासीले तत्काल आगो नियन्त्रणमा लिएका थिए ।
‘प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रण गर्न सकिएकाले मानवीय क्षति हुनबाट जोगियो,’ उनले भने।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस
तपाइँको प्रतिक्रिया