खाने पानी छैन मध्यविन्दु नगरपालिका ६ धजाह टोलमा

अस्मीता भण्डारी ३, नवलपरासीको मध्यविन्दु नगरपालिका ६ धजाह टोलका बासिन्दाहरु खाने पानिको समस्याबाट पिडित भएका छन् । २०५७ साउन १६ गते देखि २२ गतेसम्म गएको नारायणी नदीको बाढीले नवलपरासी स्थित नारायणी गा.वि .स .वडा नं. ३ र ४ को धजाहा गाउँ पूर्ण रुपले कटान गरेको थियो । उक्त स्थानमा घर परिवार सम्पूर्ण विस्थापित भई २०५७ सालमा मध्यविन्दु नगरपालिका ६ मा १६० घर परिवार बसोबास गर्दै आईरहेका छन् । स्थानियलाई बसोबासको समय देखि नै खानेपानिको समस्या रहेको थियो । तर यत्तिका वर्ष भईसक्दा पनि उक्त समस्याको समाधान हुन नसकेको स्थानियहरु गुनासो गर्दै आहिरहेका छन् । सरकारले अस्थायि वसोवासको प्रवन्ध मिलाएर उनिहरुलाई प’न धजाह गाउंमा ल्याएको थियो । यहां आईसकेपछि खाने पानीको समस्याले अत्यन्तै कठिन भएके स्थानिय बासिन्दा धन बहादुर थनेतले बताउनुभयो । १६० घरपरिवार भएके बस्तिमा जम्मा ७ वटा धाराहरु रहेका छन् । उक्त धारामा पनि बिहान कतिबेलासम्म पानि आउने हो भर हुदैन । पालो कुरेर बस्दा कहिले काहि त पानि भर्न समेत नपाउने अवस्था आउंछ । त्यसैले पानि लिनका लागि वरपरका वस्तिमा जानु पर्ने समस्या रहेको थनेतको भनाई छ । खानेपानिका लागि गाउंमा केहि इनारहरु भएको भए पनि गर्मिको कारण इनारको पानी सुक्दै गएको स्थानिय थनेतले जानकारी दिनुभयो । खानेपानिका लागि घण्टौ समय खर्च गर्नु पर्ने अवस्था रहेको छ । घरमा पानी ओसार्न १ जना बस्नु पर्ने बाध्यता रहि आएको छ । खानेपानी अभावको समस्यालाई न्युनिकरण गर्न घरपरिवारले ७ हजारका दरले पैसा उठाएर खानेपानि ल्याउने ३ वर्षे योजना रहेको छ । तर अझै त्यो योजना पुरा हुन २ वर्ष वांकि रहेको हुदां त्यत्ति बेला सम्मका लागि समस्या जस्ताको त्यस्तै रहने थनेतले बताउनुभयो । नगरपालिका भित्रका स्थिानियहरुले यस्तो समस्या भोग्न परिरहेको छ जसको तत्काल समस्या सामधानको लागी सम्वन्धित निकायको ध्यान पुग्न नसक्दा सुकुम्वासीहरु पानीको समस्याले पिरोलिरहनुपरेको छ । यो त एउटा उदाहरण मात्र हो जल स्रोतको दोस्रो धनि देश भनिरहर्दा देशका ग्रामीण क्षेत्रका असधिकांस वस्तिहरुले यस्ता समस्या झेलिरहेको छ । तर सरकारी निकायको भने ध्यान पुग्न सकिरहेको छैन ।
तपाइँको प्रतिक्रिया