खुकुलो बन्द मंगलबार देखि पुन शसक्त

परासी, ७ पौष । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नवलपरासीले आजदेखि करिब २० दिनदेखिको खुकुलो पारिएको बन्दलाई पुन शसक्त बनाएको छ । मोर्चाले केहि समयका लागि बजार, यातायात, बंैकबित्त संस्था उद्योग, विद्यालय नाकाहरु खोल्न सहज वातावरण बनाएको थियो तर आजदेखि पुनः मोर्चाको बैठकले बन्दलाई शसक्त बनाउने निर्णय गरेपछि सदरमुकाम परासी, बेलाटारी, गोपी गन्ज, बेलासपुर त्रिवणी, महेसपुर लगायतका मुख्य दक्षिणी भेगका बजारहरु ठप्प पारेको छ । मोर्चाले विद्यालय, स्कुल बस, कृषि प्रयोजका लागि सवारी साधन बाहेकका सवारी साधन, यातायात, उद्योग कलकारखाना, बंैकबित्त संस्था, बजार एवं नाकाहरु बन्द गरेको मोर्चाले जनाएको छ । करिब ४ महिनादेखि सिंमाकन तथा घोषित संविधान प्रति असन्तुष्टि जनाउदै आन्दोलनमा उत्रिएको मोर्चा मधेशी जनाताको माग सम्बोधन नभएसम्म यो बन्द निरन्तर जारी रहने र माग सम्बोधनका लागि दबाबमुलक विभिन्न प्रकार विरोध कार्यक्रमहरुको समेत गर्ने मोर्चाले जनाएको छ ।त्यसैबिच हिजो आईतबार रौतहटको विपि चोकमा प्रहरीको गोली लागेर एक विद्यार्थीको मृत्यु भएपछि सोको शोकमा आज सदरमुकाम परासी सहित दक्षिणी भेगका विद्यालयहरुमा शोक मनाएको मोर्चाले जनाएको छ ।
तपाइँको प्रतिक्रिया