खुल्ला पैसा फिर्ता दिन हिचकिचाउ छ विधुत प्राधिकरण

दयाराम आचार्य
नवलपरासी, १० । नेपाल विद्युत् प्राधिकरण कावासमेतीको विल भुक्तानी गर्ने काउन्टरमा बसेका कर्मचारीहरुले चानचुन रकम फिर्ता नदिएर आफ्नै खल्ति तिर हाल्ने गरेको उपभोक्ताले गुनासो गरेका छन । १ रुपैया देखि ४ रुपैयासम्म कर्मचारीले फिर्ता नदिने गरेको पाईएको छ । रकम फिर्ता माग्दा खुजुरा छैन , एकछिन पर्खनुस् अहिले खुजुरा छैन भन्ने जवाफ दिने गरेको उपभोक्ताको गुनासो छ । मध्यविन्दु नगरपालिका ५ बागखोरबाट विद्युत् महशुल बुझाउन आएका अमृत रानाले दुईजनाको बिल रकम गरी ७ सय ४१ रुपैया तिर्नुपर्ने थियो उनले एक हजार रुपैया बुझाएका थिए, २ सय ५९ रुपैया फिर्ता पाउनुपर्ने थियो तर , कर्मचारीले २ सय ५५ रुपैया मात्रै फिर्ता गरिदिए । ‘विद्युत्का कर्मचारीले २ सय ५५ रुपैया मात्रै फिर्ता गर्दै ४ रुपैया खुजुरा भएन एकछिन पर्खनुस् है भने अब ४ रुपैयाको लागि को कुरेर बस्छ, कुर्दाकुर्दा विल बुझाउने पालो बल्ल आयो अब ४ रुपैयाको लागि कतिवेर कुर्ने फेरी सबै खाने बाहाना हो खावोस उसैले भनेर म त हिड्न लागेको ।’ रानाले भने ‘ ५ रुपैयासम्म फिर्ता गर्दिन्छन त्यो भन्दा तलको पैसा त सकेसम्म फिर्ता नै गर्न नपरेहुन्थयो जस्तो गर्छन । यस्तै कावासोती ३ फिल्महलचोककी अर्की उपभोक्ता कमला सापकोटाले पनि २ रुपैया फिर्ता पाईनन । १८ सय ४३ रुपैया विल उठेको थियो उनले २ हजार रुपैया बुझाईन , १ सय ५७ रुपैया फिर्ता पाउनुपर्ने थियो तर, १ सय ५५ रुपैया मात्रै फिर्ता भयो । फरर्काएको पैसा बाहिर आएर हेरेको त २ रुपैया कम रहेछ , लाईनमा बसेको थिए फिर्ता दिदा वित्तिकै हेर्न मिलेन लाईनबाट बाहिर आएरर हेरको २ रुपैया कम छ ।’ सापकोटाले भनिन ‘सरकारी कार्यालयमा काउन्टरमा खुजुरा पैसा आवश्यक पर्छ भन्ने कर्मचारीलाई थाहा छैन र रु सिक्का पैसा ब्याङ्गबाट ल्याएर राखे खुजुरा हुदैन र रु दिनकै सयौ उपभोक्ता विल बुझाउन आउछन । एक एक रुपैया गरेपनि महिनामा त हजारौ रुपैया जम्मा हुन्छ । ’ नवलपरासीको कावासोतीमा रहेको विद्युत् कार्यालयले गैडाकोट देखि दुम्किवाससम्म विद्युत् सेवा दिदै आएको छ । जस अन्र्तगत ५१ हजार बढि उपभोक्ता रहेको कार्यालयले जनाएको छ । प्राय उपभोक्ताले पाउने चानचुन रकम पाउदैनन ,यसको हिसाब गर्ने हो भने बार्षिक रुपमा लाखौ रकम कर्मचारीको खल्तीमा पुग्छ । यता कार्यलय प्रमुख उमेश यादवले भने आफुले ग्राहकले पाउनु पर्ने चानचुन रकम ग्राहकलाई दिने र चानचुन रकम नभएको खण्डमा ग्राहको विद्युत् खाता नम्बरको खातामा जम्मा गरीदिन कर्मचारीलाई निर्देशन दिएको बताए । तर कर्मचारीले भने चानचुन रकम फिर्ता पनि नदिने र उपभोक्ताको खातामा पनि जम्मा नगर्ने गरेको पाईएको छ । कार्यालय प्रमुख यादवका अनुसार लिखित सुचना टास गरेर खुजुरा रकम ल्याउनको लागी पनि उपभोक्तालाई आग्रह गरीएको बताए । साथै उनले यस बिषयमा उपभोक्ता पनि चनाखो हुनु पर्ने र आफुले फिर्ता पाउनु पर्ने रकम नपाए माग्ने वा आफ्नो खातामा जम्मा गरीदिनको लागि भन्नु पर्ने बताए । सबै उपभोक्तलाई ग्राहक खाता नम्बरमा जम्मा हुन्छ भन्ने कुरा पनि थाहा नहुन सक्ने भएकाले सरकारी कर्मचारीको दायित्व अनुसार आफैले कि पैसा फिर्ता दिनु पर्ने कि सोधेर खातामा जम्मा गरीदिनुपर्ने कतिपय उपभोक्ताहरु बताउछन ।
तपाइँको प्रतिक्रिया