खुल्ला भलिबल प्रतियोगितामा गैडाकोटको बिजयी सुरुवात
विकु बचत तथा ऋण सहकारी संस्था गैडाकोटले आफ्नो रजत जयन्तीको अवसरमा आयोजना गरिएको खुल्ला भलीवल प्रतीयोगीतामा गैडाकोट खेलकुद समितिले बिजयी सुरुवात गरेको छ । गैडाकोट काँग्रेस चोकमा रहेको जनक उच्च मा वि को खेल मैदानमा भएको खेलमा प्रकृति युवा क्लब पितौजीलाई २५–१४ र २५–१६ को सोझो सेटमा बिजयी भएको हो । आजै भएको दोश्रो खेलमा केहि बेरमा तात्रेबास भलिबल क्लब सि गैडाकोट र सिर्जनशिल सामुदायिक बिकाश मन्चबिच खेल हुने छ ।
आजै अपरान्ह् दुई खेल हुदैछन् । पहिलो खेलमा तात्रेबास भलिबल क्लब ए र टाउन भागर क्लब भिड्नेछन भने दोश्रो खेलमा तात्रेबास भलिबल क्लब बि र बहिरिय क्लब भिड्ने आयोजकले जनाएको छ । खेलमा नवलपरासी र चितवनका राष्ट्रिय भलीवल टिमले सहभागीता जनाएका छन् । यसुअघि आज भएको प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला भलिबल संघ नवलपरासीका उपाध्यक्ष तिलक खण्डलुकले युवालक्षित भलिबल प्रतियोगिता आयोजना गरेकोमा बिकुलाई धन्यबाद दिनुभयो ।
बिकु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिलाल सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रम संयोजक प्रेमप्रसाद सापकोटा राजु, नवलपरासी जिल्ला खेलकुद बिकाश समितिका सदस्य निर्मल पाण्डे,प्रतियोगिताका मुख्य रेफ्रि गजेन्द्र बन लगायतले बिकुले खेलप्रेमी युवाका लागी भलिबल प्रतियोगिता आयोजना गरेर सह्हानिय काम गरेको बताउनुभयो । यही अशोज २६ गते सम्म चल्ने प्रतीयोगीतामा विजयी हुने टोलीले नगद १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र गर्ने पनि आयोजकले जनाएको छ ।
तपाइँको प्रतिक्रिया