खेर जाने केराको थामलाई प्रयोग गरी आकर्षक हस्तकालाका सामानहरु

सावित्री रेग्मी
नवलपरासी,२४ जेठ ,नवलपरासीको मध्येविन्दु नगरपालिका ४ लुसलहरीमा नेपाल सरकार कृषि विकास मन्त्रालय व्यवसायिक केरा खेती तथा केराजन्य बस्तुको उत्पादन तथा बजारीकरण परियोजना सञ्चालन भएको छ ।उत्पादन भएको केराको खेर जाने थामलाई प्रयोग गरी लेडिज व्याग,मोबाइल पर्स,बास्केट व्याग,टोपी,चप्पल लगायतका समानहरु बनाउन सकिने भएपछि स्थानियहरुलाई रोजगारीको अवसर सृजना भएको छ । ९१ लाख ४४ हजार १सय ९७ कुल लागत रहेको परियोजनामा प्याक्टको अनुदान ४३ लाख ४९ हजार ९सय ९८ र लाभान्वित समुहले ४७ लाख ९४ हजार १९८ लगानी रहेको छ । २०७१ भदौ महिनावाट सुरु भएको २ बर्षे परियोजना अन्नपुर्ण ह्यान्डिक्राफ्टद्धारा सञ्चालित छ । यस परियोजनाले केराजन्य कपडा उत्पाद १० हजार मिटर,केराजन्य कागज उत्पादन ३५० कोरी,केराजन्य सजावटको सामाग्री निमार्ण गर्ने लक्ष्य रहेको छ । परियोजनामा उत्पादन भएका समानहरुको स्वदेश तथा विदेशमा समेत राम्रो बजारको संभावना रहेको छ । यो संगै उद्योग सञ्चालन भएको क्षेत्रका स्थानीयहरुलाई समेत फाइदा पुगेको छ । यो जिल्ला केरा उत्पादनको हिसावले राम्रो जिल्ला मानिन्छ । जसले गर्दा खेर जाने केराको थाम वाट रेस निकालेर हस्तकालाका सामग्रीहरु वनाउन सकिने र आवश्यक कच्चा पदार्थको अभाव नहुने भएकाले यस क्षेत्रलाई रोजेको नेपाल हस्तकला महासंघ प्राकृतिक रेसा विकास बस्तुका सभापति दिव्या तारा तुलाधर बताउनुहुन्छ ।यसरी उद्योग सञ्चालनमा आएपछि अहिले स्थानिय १७ जना महिलाहरुले काम गर्दै आहिरहेका छन । सुरुवाति अवस्थामा थोरै जनावाट सुरु गरेपनि पछिल्लो समय काम गर्ने महिलाहरुको संख्यामा बृद्धि भएको हो ।यसका साथै यो उद्योगले खेर गएका प्रकृतिक रेसाहरु वाट के कस्ता सामाग्रीहरु निमार्ण गर्न सकिन्छ र अन्य कुन वस्तुहरु बाट रेसा निकालेर हस्तकलाका सामाग्री बनाउन सकिन्छ भन्ने तर्फ पनि विभिन्न किसीमका कार्य गर्दै आहिरहेको सभापति तुलाधर बताउनुहुन्छ ।
यो संगै उद्योगले त्यहांका महिलाहरुलाई काम गर्नका लागी तालिम प्रदान गरेको थियो । तालिम सिकेर अधिकांस गृहिणी महिलाहरु राम्रो संग काम गर्न सक्ने भएका छन । जसले गर्दा फुसर्दको समय लाई सदुपयोग गरि आम्दानि को स्रोत वनेको छ ।सुरुवाति अवस्थामा काम गर्नका लागी केहि असहज भएपनि काम सिके पछि भने काम गर्न उत्साहित वनेका उद्योगकी ब्यवस्थापक ईन्द्र कुमारी श्रेष्ठ बताउंनुहुन्छ ।केराको थामको प्रशोधन,तालिम सञ्चालन गरिरहेको यस परियोजनाले स्थानिय महिलाहरुलाई प्रथामीकतामा राखेर कार्य सञ्चालन गरेको छ । जसका कारण यस उद्योग स्थानिय महिलाहरु का लागी आम्दानिको स्रोत वनेको छ । घरको काममा मात्र सिमीत वनेका महिलाहरु उद्योगमा काम गरेपछि आफैले घर खर्च चलाउने,आफुलाई आवश्यक परेको पैसा अरुसंग माग्न नपर्ने भएको छ । जसले गर्दा उनिहरुलाई घर खर्च लगाएतका सामान्य खर्चहरु चलाउन निकै सहज भएको उद्योगमा काम गर्ने महिलाहरु वताउंछन ।
उत्पादन भएको केराको प्रयोगपछि खेर जाने केराको थामलाई प्रयोग गरी सञ्चालन भएको परियोजनाले स्थानीयहरुको सिप विकासमा समेत सहयोग पु¥याउदैं आएको छ ।तर पछिल्लो समय विभिन्न कारणले केरा खेति गर्ने किसानहरुको संख्यामा समेत कमी आउन थालेको छ । त्यसैले यस्तो अवस्थामा कच्चा पदार्थको अभाव हुन नदिनका लागी सम्वन्धित निकायको ध्यान जान जरुरी देखीन्छ । यसको साथै स्वदेश तथा विदेशमा समेत केराको थामबाट उत्पादन भएका समानहरुको राम्रो खपत हुुने भएकाले यसको वृद्धि एवं उत्पादनका लागि सबैको ध्यान जानु आवश्यक छ ।
तपाइँको प्रतिक्रिया