खेलकुद सामाग्री वितरण तथा संस्थापन समिति बिदाई कार्यक्रम सम्पन्न

नवलपरासी भाद्र ९ ,देवचुली नगरपालिका युवा तथा खेलकुद विकाश समिति द्वारा आयोजना गरिएको खेलकुद सामाग्री वितरण तथा संस्थापन समिति बिदाई कार्यक्रम सम्पन्न भएको छ ।देवचुली नगरपालिकाको खेलकुद स्तर अभिवृद्धिसहित युवालाई खेलमा उत्प्रेरणा प्रदान गर्न खेलकुद सामाग्री वितरण गर्नुका साथै नगरको खेलकुदको क्षेत्रमा गरेको योगदानको उच्च मुल्याकन गर्दै संस्थापन समितिका पदाधिकारीलाई बिदाई समेत गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको देवचुली नगर युवा तथा खेलकुद विकाश समितिका अध्यक्ष भीमलाल तिवारीले बताउनु भयो ।देवचुली नगरपालिकाको आर्थिक सहयोगमा २० ओटा फुटबल , ५ सेट क्रिकेट र ४ सेट भलिबलसहितको खेलकुद सामाग्री वितरण गरिएको संस्थाका सचिव राजु चापागाई जानकारी दिनुभयो ।
कार्यक्रममा देवचुली नगरपालिका युवा तथा खेलकुद विकाश समितिका अध्यक्ष भीमलाल तिवारीको अध्यक्षता र देवचुली नगरपालिकाको प्रशासकिय अधिकृत अविनाश पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।कार्यक्रममा संस्थापक अध्यक्ष बलराम सापकोटाले वर्तमान समितिबाट युवा तथा खेलकुदको क्षेत्रमा अग्रणी भुमिका खेलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो भने नगरपालिकाबाट युवाहरुका हरेक कार्यक्रममा सहयोग गर्ने देवचुली नगरपालिकाको प्रशासकीय अधिकृत अविनाश पन्थीले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया