खैरहनीमा एमालेले निर्वाचन परिचालन कमिटीसहित विभिन्न कमिटीहरु गठन, घरदैलो वैशाख १७ बाट

खैरहनी, १४ वैशाख ।
आसन्न स्थानीय तह निर्वाचन २०७९ का लागि नेकपा एमाले खैरहनी नगर कमिटीले वैशाख १७ गतेबाट घरदैलो गर्ने भएको छ । बुधबार आयोजित अगुवा कार्यकर्ता भेलाको निर्णयअनुसार वैशाख १७ बाट एमालेका उम्मेदवारले घरदैलो गर्ने भएका हुन् ।
स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै खैरहनीमा एमालेले निर्वाचन परिचालन कमिटीसहित विभिन्न कमिटीहरु गठन गरेको छ । भेलाले नेकपा एमाले केन्द्रीय कमिटी सदस्य जेएन थपलियाको संयोजकत्वमा ७७७ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । त्यस्तै प्रदेश कमिटी सदस्य जनन्नाथ आचार्यको संयोजकत्वमा प्रचारप्रसार कमिटी, प्रदेश कमिटी सदस्य निलहरि थापाको संयोजकत्वमा आर्थिक कमिटी, सुनिता थपलियाको संयोजकत्वमा महिला परिचालन कमिटी, जिल्ला उपाध्यक्ष कमल पाठकको संयोजकत्वमा युवा परिचालन कमिटी, युवा नेता स्वरुप सुयाँलको संयोजकत्वमा विद्यार्थी परिचालन कमिटी, डोलबहादुर कार्कीको संयोजकत्वमा उद्योग कमिटी तथा जिल्ला सदस्य भरत भण्डारीको संयोजकत्वमा कार्यालय व्यवस्थापन कमिटी गठन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका एमाले केन्द्रीय सदस्य जेएन थपलियाले निर्वाचनका लागि एमाले युद्ध मैदानमा होमिएको भन्दै कुनै पनि उम्मेदवारलाई हार्ने छुट नभएको बताउनुभयो । त्यसका लागि नगरको १३ वटै वडामा क्रियाशील भएर लाग्न नेता कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो । विसं २०७४ को स्थानीय तहको निर्वाचनको भन्दा राम्रो नजिता ल्याउने गरी लाग्न थपलियाको कार्यकर्तालाई निर्देशन दिनुभयो ।
खैरहनी नगर कमिटी अध्यक्ष पूर्णबहादुर डल्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष छत्रनाथ सुवेदीले स्वागत मन्तव्य तथा गोपाल परियारले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया