गण्डकीका मुख्यमन्त्रीले जेठ २७ मा विश्वासको मत लिने

कास्की, २५ जेठ ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यही जेठ २७ गते प्रदेशसभामा विश्वासको मत लिने हुनु भएको छ । यसबारे मुख्यमन्त्री गुरुङले प्रदेशसभा सचिवालयलाई आज पत्रमार्फत जानकारी गराउनु भएको हो ।
प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ गते गुरुङ मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री गुरुङले प्रदेशसभामा विश्वासको मत लिन लाग्नु भएको हो ।
तपाइँको प्रतिक्रिया