गण्डकीका ७३ पालिकालाई प्रदेश सरकारको साढे ३ करोड बजेट, प्रत्येक पालिकाले ५ लाख पाउने

नवलपुर, ७ जेठ ।
गण्डकी प्रदेशका ७३ वटा पालिकामा स्वास्थ्य पूर्वाधार विकास गर्न प्रदेश सरकारले ३ करोड ६५ लाख दिने भएको छ । शुक्रबार मुख्यमन्त्रीसमेत रहेका पृथ्वीसुब्बा गुरुङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै प्रदेशभरका ७३ पालिकामा प्रति पालिकामा ५÷५ लाखका दरले दिने निर्णय गरेको प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिनु भयो ।
गण्डकी प्रदेशभर ८५ वटा पालिका छन् । बाँकी पालिकामा पनि स्वास्थ्य पूर्वाधारका लागि बजेट माग भएमा तत्काल पठाउने निर्णय भएको न्यौपानेले जानकारी दिनु भयो । उक्त रकम स्वास्थ्य सुरक्षा सामग्रीसहित कोभिड रोकथामका काममा पालिकाहरुले खर्चन सक्ने छन् ।’
मन्त्रालयको जिम्मेवार सम्हाल्दै मुख्यमन्त्री तथा स्वास्थ्यमन्त्री गुरुङले कर्मचारीलाई दोस्रो तथा तेस्रो लहरको कोभिड–१९ रोकथामका लागि खोप र अक्सिजन प्लान्टमा जोड दिन निर्देशन समेत दिनु भएको छ ।
तपाइँको प्रतिक्रिया