गण्डकी, लुम्बिनी र बाग्मति प्रदेशमा आज रातभर वर्षा हुने ।

नवलपुर, १ असार ।
हाल भारतको झारखण्डमा रहेको न्यून चापिय क्षेत्र र मनसुन न्यून चापिय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएको छ । यसका कारण आज दिउसो र राती नेपालका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाग्मति प्रदेशको केहि भू–भागमा भारि वर्षा र थोरै स्थानमा धेरै भारि वर्षा हुने सम्भावना रहेको मौषम पुर्वानुमान माहाशाखाले जनाएको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाग्मति प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहाव (मभदचष्क ायिध) को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले सबैलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन हुन अनुरोध गरेको छ । थप जानकारीको लागिः मौसम पुर्वानुमान महाशाखाको वेभसाईट http://www.mfd.gov.np/ र बाढी पुर्वानुमान महाशाखाको वेभसाईट http://www.hydrology.gov.np/ मा अद्यावधिक हुन अनुरोध छ। जल तथा मौसम पूर्वानुमान शाखाले नेपालमा मनसुन भित्रिएको भन्दै यो साता भारी बर्षा हुने जनाएको छ । अहिले देशका अधिकांश जिल्लाहरुमा पानी परिरहेको छ ।
तपाइँको प्रतिक्रिया