गण्डकी सरकारको निर्णयले नवलपुरबासी उत्साहीत

गैँडाकोट, ५ श्रावण ।
गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषदले गरेको निर्णयले नवलपुरबासी उत्साहित भएका छन् । बुधबारको मन्त्रिपरिषदले त्रिबेणी छोटीभन्सारलाई प्रदेशको मुख्य नाका बनाउने निर्णय गरेकाले नवलपुरबासी उत्साहित भएका हुन् ।
गण्डकी सरकारले त्रिबेणी नाकाको भौतिक पूर्वाधार तथा विकास गर्न, नवलपरासी सुस्तापूर्व जिल्लाको नाम नवलपुर नामकरण , सदरमुकामको भौतिक पूर्वाधार निर्माण र ब्यवस्थापन गर्न, त्रिबेणी —दुम्किबास सडकमा पर्ने निकुञ्ज क्षेत्र र मध्यवर्ती क्षेत्रमा सहज सडक निर्माण कार्यको थालनी गर्न, त्रिबेणी— दुम्किबास—पोखरा—मालढुङ्गा—वेनी—जोमसोम—कोरला सडक राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाउन संघीय सरकार संग माग गर्ने निर्णय गरेको गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री एवम् प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयो ।
विनयी त्रिबेणी गाउँपालिका वडा नं. ६ र ७ को नापी नक्सा, मालपोत श्रेस्ता नवलपुरमा ल्याउन र राजश्व बाँडफाँड टुङ्गाउन प्रदेश नं. ५ को सरकारलाई पत्राचार गर्ने निर्णय समेत मन्त्रिपरिषद बैठकले गरेको उहाँले बताउनु भयो । गण्डकी सरकारले गरेको यो निर्णय स्वागत योग्य भएकाले कार्यन्वयनमा तत्काल ध्यानदिनुपर्ने त्रिबेणीका सुरज कोहारले बताउनु भयो । त्रिबेणी भन्सार नाका र त्रिबेणी दुम्किबास सडक दशैं तिहार सम्ममा निर्माण हुने गरी काम थाल्नुपर्छ अनी मात्र हामीले गण्डकी प्रदेशमा भएकोमा गर्व गर्न सक्छौं कोहारले भन्नुभयो—‘ यातायात प्रमुख कुरा हो राजमार्ग निस्कन र सदरमुकाम कावासोती पुग्न झण्डै तीन घण्टा बसमा यात्रा गर्नुपर्छ त्यो पनि प्रदेश नम्बर पाँचको बाटो प्रयोग गरेर यो हाम्रा लागि दुखद कुरा हो ’ ।
निर्णय कार्यान्वयनको समय फर्केर त्रिबेणीका बासिन्दा बसेका छौं हामीलाई धेरै पर्काउने अबस्था गर्नुहुदैन तत्कालनै काम थाल्नुपर्छ उहाँले थप्नुभयो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री एवम् प्रवक्ता रामशरण बस्नेत एक साता अघि नवलपुरको गैंडाकोट देखि त्रिबेणी सम्मको अवलोकनको उपलब्धिको रुपमा गण्डकी सरकारको यो निर्णय लिएका छौं कावासोती नगरपालिकाका प्रमुख चन्द्रकुमारी पुनले भन्नुभयो ।

तपाइँको प्रतिक्रिया