गण्डक क्षेत्रका स्थानियहरुले रातभर गण्डक बाधं क्षेत्रमा बिताए

पुरुषोत्तम सुबेदी
नवलपरासी , १२ साउन ं । नवलपरासीको गण्डक क्षेत्रका तिन गाउं बिकास समितीका स्थानियहरुले रातभर गण्डक बांध क्षेत्रमा बिताएका छन् । नारायणी नदीमा पानीको बहाव बढ्दै जादा आफ्नो घर र आफुन्तलाई सुचना दिनका कारण पक्लीहवा , नर्सही कुडियाका सयौं स्थानियहरुले रातभर गण्डक बांध क्षेत्रमा बिताएका हुन् ।
बिशेष गरी गण्डक बांधबाट पानी बढ्दै जादा गाउंमा पानि पस्ने खतरा देखिएपछि घरको एक जना सदस्य रातघर गण्डक बाधंमै बिताएको स्थानिय रबीन्द्र यादवले जानकारी दिनुभयो ।
घरका अन्य सदस्य र आफन्त घरमै सुतेका छन् यादवले भन्नुभयो तर घरको एक घर जनाले रातभर गण्डक बांधमै बिताउन बाध्य भए पानी गाउंमा बस्ने अवस्थाको जानकारी दिन प्रत्येक घरका एक जना सदस्य गण्डक बाधमा रात बित्यो ।
नारायणी नदिमा पानीको चाप अहिले पनि बढदै गइरहेको छ । नवलपरासीको नर्सहीमा रहेको ठोकर नम्बर १३ र पक्लिहवाको ठोकर नम्बर ३ अति जोखिममा देखिएको छ । सो ठाउँहरुमा पानीको सतह लगातार बढदै गइरहेको अवस्था छ । नारायणी नदिको जल पछिल्लो मापन अनुसार १० दशमलब ३० मिटर पुगी मापन गरिसकिएको छ ।
जुन नवलपरासी स्थित नारायणी नदीमा सबैभन्दा बढी पानीको बहाव यस बर्षकै उच्च मापन गरिएको छ । आज गरिएको पछिल्लो मापन अनुसार नारायणी नदीमा १० दशमलब ३० मिटर मापन गरिएको देबघाट स्थित जलमापन केन्द्रलाई उर्दीत गर्दै जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।
जुन ८ दशमलब ४ मिटर हुदा नारायणी नदी क्षेत्रमा पुर्ण रुपमा खतराको संकेत हुन्छ । नारायणी नदीमा अहिलेपनि पानीको बहाव बढ्दै गएको छ । नदीमा यस बर्षकै सबैभन्दा बढी पानी मापन गरिएको हो । जुन ३ लाख २५ हजार क्युसेक पानी प्रवाह भएको हो ।
पानीको बहाव उच्च भएको कारण आसपासका गण्डक क्षेत्रका एक दर्जन बढी गाविसमा पुर्ण रुपमा जोखिम बढेको छ ।त्रिवेणीस्थित गण्डक नहर क्षेत्रमा पानीको बहाव बढेको हो ।
नारायणी नदीमा आएको बाढीले नवलपरासीको दक्षिण भेगका १३ गाउँ विकास समितिहरु बाढीको जोखीममा रहेका छन् जस्तै नर्सही, कुडिया, पक्लिहवा,गुठी प्रसौनी, प्रतापपुर, गुठीसुर्यपुरा, लगायतका गाउँ विकास समितिहरु उच्च जोखिमा परेका हुन् ।
नवलपरासीको त्रिवेणीमा भारतीय पक्षले बाँधेको बाँधेका कारण पानीको सतह खतराको संकेतभन्दा माथि पुगेको हो । पश्चिम पहाडी जिल्लाहरु जिल्लाहरुमा लगातार तीनदिनदेखि परेको अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव उच्च भएको हो ।
यता नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि नवलपरासी स्थित गण्डक नहरमा पानीको बहाब उच्च खतरामा पुगेपछि गण्डक ब्यारेजको सबै ढोला मगंलबार नै खोलिएको छ । नारायणी नदीमा पानीको बहाब बढ्दैगएपछि गण्डक बांधनै फुट्ने खतरा बढेका कारण सो पानी भारत तर्फ बगाउन गण्डक ब्यारेजको सबै ढोका खोलिएको हो ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थका अनुसार नारायणी नदीमा पानी बहाब खतराको बिन्दु समेत नाघेपछि उच्च सतकर्ता अपनाउन गण्डक ब्यारेजको सबै ढोका खोलीएको हो ।
गण्डक ब्यारेजको सबै ढोका खोलिएपछि अहिले नारायणी नदीको केही पानी भारत भारत तर्फ बगाईएको छ । यद्यपी नदीमा पानीको बहाव निकै बढेकै कारण स्थानिय प्रशासनले गण्डक क्षेत्रमा उच्च सतकर्ता अपनाएको छ ।
गण्डक किनार आसपासका जनतालाई तुरुन्त सुरक्षित स्थानमा स्थानान्तरण हुन स्थानिय प्रशासनले गण्डक क्षेत्रमा सुचित गरेको छ । यसकालाई आवश्यक उद्धार तथा सहयोग गर्न तिन वटै क्षेत्रका सुरक्षाकर्मी बाक्लो मात्रामा गण्डक क्षेत्रमा परिचालन गरिएको छ ।
हुन सक्ने जोखिमलाई पुर्ब अनुमान गरि अहिले गण्डक क्षेत्रमा नेपाल प्रहरी , नेपाली सेना र शशस्त्र प्रहरी गरी तिवटै सुरक्षाकर्मी बाक्लो संख्यामा परिचालन गरी राहत र उद्धारका लागी सुरक्षाकर्मी तयारी अवस्थामा राखीएको प्रमुख जिल्ला अधिकारी पन्थले बताउनुभयो ।
पानीको बहाव नारायणी नदीमा निकै भएकाले सम्भाबीत जोखिमलाई मध्यनगरगरी आवश्यक सुरक्षा राहत र उद्धारकालागी टोली तयारी अवस्थामा राखिएको टोलीले जनाएको छ ।
। सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गानाका अनुसार नदिको सतह खतरा सम्म पुगेकाले नदि किनार आसपासमा साईरन बजाईएको स्थानियलाई सुरक्षित स्थानमा आउन आग्रह गरिएको वताउनुभयो ।
७ दशमलव ३ मिटर सम्म खतराको पुर्ब सुचना हुनुपर्नेमा पछिल्लो मापन अनुसार १० दशमलव ३० मिटर पुगेको जिल्ला प्रशासन कार्यालये नवलपरासी जनाएको छ ।
नदीमा पानी आउने क्रम बढ्दो भएकाले अझै बहाव बढ्न सक्छ ।’नवपरासीका १३ वटा गाविसमा डुवानको खतरा छ । ‘डुवानको खतरा हुने गाविसका जनतालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भैरहेको स्थानिय प्रशासनले जनाएको छ ।
यस अगाबै २०६५ सालमा कोशिमा बाढी आउँदा पनि भारतीय पक्षले समयमै ढोका नखोलिदिएपछि बाँध फुटेर नेपालका तीन जिल्लामा ठूलो जनधनको क्षती भएको थियो ।
तपाइँको प्रतिक्रिया