गण्डक ब्यारेजको सबै ढोला खोलियो : पानीको बहाब बढ्दैगएपछि गण्डक बांधनै फुट्ने खतरा कामयै

पुरुषोत्तम सुबेदी
नवलपरारासी , ११ साउन । नवलपरासी स्थित गण्डक नहरमा पानीको बहाब उच्च खतरामा पुगेपछि यतिबेला गण्डक ब्यारेजको सबै ढोला खोलिएको छ । नारायणी नदीमा पानीको बहाब बढ्दैगएपछि गण्डक बांधनै फुट्ने खतरा बढेका कारण सो पानी भारत तर्फ बगाउन गण्डक ब्यारेजको सबै ढोका खोलिएको हो ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थका अनुसार नारायणी नदीमा पानी बहाब खतराको बिन्दु समेत नाघेपछि उच्च सतकर्ता अपनाउन गण्डक ब्यारेजको सबै ढोका खोलीएको हो ।
नारायणी नदीमा गरिएको पछिल्लो पानी मापन अनुसार ९ दशमलब ४१ मिटर मापन गरिएको देबघाट स्थित जलमापन केन्द्रलाई उर्दीत गर्दै जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ । जुन ८ दशमलब ४ मिटर हुदा नारायणी नदी क्षेत्रमा पुर्ण रुपमा खतराको संकेत हुन्छ । यसरी नदीमा पानीको बहाव बढ्दै जादा जलमापन केन्द्रमा जल मापन प्रबिधीमा समेत प्राबिधीक समस्या आएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।
गण्डक ब्यारेजको सबै ढोका खोलिएपछि अहिले नारायणी नदीको केही पानी भारत भारत तर्फ बगाईएको छ । यद्यपी नदीमा पानीको बहाव निकै बढेकै कारण स्थानिय प्रशासनले गण्डक क्षेत्रमा उच्च सतकर्ता अपनाएको छ । गण्डक किनार आसपासका जनतालाई तुरुन्त सुरक्षित स्थानमा स्थानान्तरण हुन स्थानिय प्रशासनले गण्डक क्षेत्रमा सुचित गरेको छ । यसकालाई आवश्यक उद्धार तथा सहयोग गर्न तिन वटै क्षेत्रका सुरक्षाकर्मी बाक्लो मात्रामा गण्डक क्षेत्रमा परिचालन गरिएको छ ।
हुन सक्ने जोखिमलाई पुर्ब अनुमान गरि अहिले गण्डक क्षेत्रमा नेपाल प्रहरी , नेपाली सेना र शशस्त्र प्रहरी गरी तिवटै सुरक्षाकर्मी बाक्लो संख्यामा परिचालन गरी राहत र उद्धारका लागी सुरक्षाकर्मी तयारी अवस्थामा राखीएको प्रमुख जिल्ला अधिकारी पन्थले बताउनुभयो ।
गण्डक क्षेत्रमा पछिल्लो अवस्था जानकारी लिन प्रमुख जिल्ला अधिकारी पन्थको नेतत्वमा सुरक्षाकर्मीको टोली गण्डक क्षेत्रमा पुगेको छ । टोलीले पानीको बहाव नारायणी नदीमा निकै भएकाले सम्भाबीत जोखिमलाई मध्यनगरगरी आवश्यक सुरक्षा राहत र उद्धारकालागी टोली तयारी अवस्थामा राखिएको टोलीले जनाएको छ ।
। सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गानाका अनुसार नदिको सतह खतरा सम्म पुगेकाले नदि किनार आसपासमा साईरन बजाईएको स्थानियलाई सुरक्षित स्थानमा आउन आग्रह गरिएको वताउनुभयो ।
नारायणी नदीमा आएको बाढीले नवलपरासीको दक्षिण भेगका १३ गाउँ विकास समितिहरु बाढीको जोखीममा रहेका छन् जस्तै नर्सही, कुडिया, पक्लिहवा,गुठी प्रसौनी, प्रतापपुर, गुठीसुर्यपुरा, लगायतका गाउँ विकास समितिहरु उच्च जोखिमा परेका हुन् ।
नवलपरासीको त्रिवेणीमा भारतीय पक्षले बाँधेको बाँधेका कारण पानीको सतह खतराको संकेतभन्दा माथि पुगेको हो । पश्चिम पहाडी जिल्लाहरु जिल्लाहरुमा लगातार तीनदिनदेखि परेको अविरल वर्षाका कारण गण्डकी–नारायणी नदीमा पानीको बहाव उच्च भएको हो ।
पानीको बहाव उच्च भएको कारण आसपासका गण्डक क्षेत्रका एक दर्जन बढी गाविसमा पुर्ण रुपमा जोखिम बढेको छ ।त्रिवेणीस्थित गण्डक नहर क्षेत्रमा पानीको बहाव बढेको छ । ७ दशमलव ३ मिटर सम्म खतराको पुर्ब सुचना हुनुपर्नेमा पछिल्लो मापन अनुसार ९ दशमलव ४१ मिटर पुगेको जिल्ला प्रशासन कार्यालये नवलपरासी जनाएको छ ।
नदीमा पानी आउने क्रम बढ्दो भएकाले अझै बहाव बढ्न सक्छ ।’नवपरासीका १३ वटा गाविसमा डुवानको खतरा छ । ‘डुवानको खतरा हुने गाविसका जनतालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भैरहेको स्थानिय प्रशासनले जनाएको छ । ।यसैविच नवलपरासीमा विभिन्न स्थानमा नदि तथा खोलाको वहाव वढेपछी बाढी तथा कटान भएको छ ।
यसैगरी झरहीखोलामा आएको वाढीले रामग्राम नगरपालिकाको परासी क्षेत्रमा धान खेती नष्ट गरेको छ । त्यस्तै जिल्लाको रामपुर खडौना, भुजहवा, रमपुरवा, ठुलो खरेटवा, सोमनी लगायतको दुई दर्जन गाविसको सयौं विगहा रोपिएको धान डुबानमा परेको छ ।
यसै गरि जिल्लाको पहाडी क्षेत्र गैडाकोट कावासोती नवलपुर वेनीमणीपुर पिठौली लगायतको सयौ विगहा जमिन कटान गर्नुको साथै त्यसमा लगाइएको धानबाली नष्ट गरेको छ ।
यस अगाबै २०६५ सालमा कोशिमा बाढी आउँदा पनि भारतीय पक्षले समयमै ढोका नखोलिदिएपछि बाँध फुटेर नेपालका तीन जिल्लामा ठूलो जनधनको क्षती भएको थियो ।
तपाइँको प्रतिक्रिया