गरगहना सहित रुपैया चोरी

बिबेक भण्डारी २, दशै सकिए संगै तिहारको नजिक आइपुग्दा नवलपरासीको रजहरमा सोमवार राति एक घरमा चोरी भएको छ । अनुमानित विवरण अनुसार करिब चार लाख रकम र गरगहना चोरी भएको रजहर प्रहरीले जनाएको छ । चोरी सोमबार राति भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । चोरी भएको मंगलबार बिहान ३ बजेको समयमा मात्र थाहा भएको जनाइएको छ । रजहर १ कुमारवार्ती चोक बस्ने हरि प्रसाद गौतमको घरबाट ५ तोल सुन र करिब १ लाख ५० हजार नगद चोरी भएको रजहर प्रहरीइ जनाएको छ । गौतमले बनाउँर्दै गरेको घरबाट सुनको हार, सिक्री, औठी, मंगल सुत्र, १ लाख ५० हजार नगद र २ सेट मोवाईल चोरी भएको हो । प्रहरी नाव निरिक्षक हरि प्रसाद भुषालका अनुसार घर बन्दै गरेको हुनाले घरको झ्याल ढोकाहरु समेत नराखेकाले चोरी भएको जनाइएको छ ।
तपाइँको प्रतिक्रिया