गरिब तथा विपन्नहरुलाई रोक्ट्रयाक्टले गर्यो खाद्यान्न सहयोग

जेठ ६ , चितवन
कोरोना संक्रमण रोकथाम गर्न लागू गरिएको ‘लकडाउन’ लम्बिँदै जाँदा गरिब तथा विपन्नहरु समस्यामा पर्न थालेका छन्।कतिपय गरिब तथा विपन्न परिवारहरुलाई बिहान बेलुका छाक टार्न पनि धौधौ हुन थालेको छ । सरकारले केहि राहात दिन्छ कि भन्ने आशमा रहेका गरिब तथा विपन्न परिवारहरुलाई रोक्ट्रयाक्ट क्लब अफ नारायणी मिड टाउनले खाद्यान्न सहयोग गरेको छ ।
देवघाट गाउँपालिका वडा नं ५ पुरानो वस्तीका परिवारहरुमा खाद्यान्नको अभाव हुन थालको जानकारी पाएपछि संस्थाले त्यहाँका चेपाङ तथा बोटे समुदायलाई खाद्यान्नलगायतका सामग्री सहयोग गरेको हो । बिहीबार पुरानो वस्तीका करिब ३२ घरधुरीलाई चामल, दाल, आलु, खाने तेल, नुनलगायतका सामग्री वितरण गरिएको कार्यक्रम संयोजक तथा संस्थाका भाईस प्रेसिडेन्ट विनोद श्रेष्ठले बताउनुभयो ।
सहयोग वितरण कार्यक्रम सम्पन्न गर्नका लागि संस्थालाई कृषि विकास बैँक भरतपुर , रोटरी क्लब अफ नारायणी मिड टाउन , रोक्ट्रयाक्ट क्लब अफ नारायणगढ , रोक्ट्रयाक्ट क्लब अफ चितवन , लियो क्लब अफ देवघाट चौतारीले सहयोग गरेको छ ।
तपाइँको प्रतिक्रिया