गरिब तथा विपन्न महिलाहरुलाई साढे ३७ लाख सरकारी अनुदान

पुरुषोत्तम सुबेदी ,
नवलपरासी , २७ जेष्ठ । गरिबी निवारणका एकिकृत विकास कार्यक्रम अन्तर्गत नवलपरासीको हरपुर–६ भक्सीपुरका गरिब तथा विपन्न महिलाहरु आयआर्जन उद्देश्यले केहि रकम अनुदान पाएपछि खुशी व्यक्त गरेका छन् । गरिब तथा बिपन्न महिलाहरुलाई सरकारले केहि व्यवासय व्यवापर गर्नका लागि दिएको यो राहतबाट पक्कै नै केहि समयपछि हाम्रो गरिबी निवारण हुने महिलाहरु आश समेत व्यक्त गरेका हुन् । हरपुर स्थित नवदुर्गा सामुदायिक संस्थामा गरिबी निवारण कोषाबाट २० जना महिलाहरुलाई आएको २ लाख ८ हजार ८ सय रकमको पहिलो किस्ता अनुदान रकमबाट १० जना महिलाहरुलाई सो रकम वितरण भएपछि महिलाहरु हर्षित भएका हुन् । ईन्द्रेणी सामाजिक विकास मन्चको सहयोगमा हरपुरको विभिन्न वडामा राखिएको आज रकम वितरण कार्यक्रममा महिलाहरुले रकम लिदै अब हामीले यस रकमबाट कुनै पेशा वा व्यवासय गरेर आफनो गरिबी आफै दुर गर्ने प्रतिबद्धता समेत जनाएको मन्चकि फिल्ड सुपरभाईजर सबिता आर्यालले बताउनु भयो ।
सरकारले जिल्लाको ग्रामिण क्षेत्रको ७ वटा गाविसको १३ वटा संस्थाहरुमा यो कार्यक्रम लागु गर्दै कुल ३७ लाख ४५ हजार ५ सय ५२ रुपिया अनुदान दिएको छ । अनुदान पाएको संस्थाहरुले लक्षित वर्गले सो रकमबाट भैंसी, बाख्रा पालन, किसाना पसल, तरकारी खेती, ग्रिल र फर्निचर उद्योग गरि आफनो जिवन स्तर माथि उठाउस भनि यो रकम उचित व्याजदरमा लगानी गरेको फिल्ड सुपरभाईजर अर्यालले बताउनु भयो । अनुदान रकम लक्षित वर्गलाई वितरण कार्यक्रमलाई ईन्द्रेणी विकास मन्चले सहजीकरण गर्दै आएको छ ।
तपाइँको प्रतिक्रिया