गर्धन काटिएपनि कालीको बहाव परिर्वतन हुन दिदैनौं : किरण गुरुङ्ग

चितवन, भाद्र ३०
काली नदिको पानी कुनै पनि हालतमा डाईभर्सन गरेर अन्यत्र लैजान नदिने जनप्रतिनिधिले प्रतिवद्धता जनाएका छन् ।
काली नदिसँग जोडिएका जिल्लाका स्थानीय तहका प्रमुखहरुले कुनै पनि हालतमा कालीको बहाव परिर्वतन हुन नदिने बताएका हुन् ।
चितवनको भरतपुरमा देवघाट क्षेत्रबिकास समिति देवघाट गाउँपालिका र सन्त समाजले आयोजना गरेको कार्यक्रममा सहभागि सबै स्थानीय तहका प्रमुखहरुले काली नदिको बहाव कुनै पनि हालतमा परिर्वतन गर्न नदिने बताए ।
काली नदिको धार्मीक महत्व अत्याधिक रहेकोले कालीको बहाव परिवर्तन गर्नु भनेको हिन्दु सभ्यता माथिको प्रहार भएकोले यसलाई कुनै पनि हालतमा परिर्वतन गर्न नदिईने बताएका थिए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका प्रदेश संसद तथा गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षि दलका नेता कृष्ण चन्द्र नेपालीले गण्डकीको पानी डाईभर्सन गरी सिँचाई तथा बिजुलीको नाममा भारतमा लैजाने खेल बुनिएको भन्दै यो कुनै पनि हालतमा सफल नहुने बताउनु भयो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मन्त्री किरण गुरुङ्गले गर्धन काटिएपनि कालीको बहाव परिर्वतन हुन नदिने बताउनु भयो ।
कार्यक्रममा बिभिन्न सन्त महन्तहरुले देवघाट र काली नदिका महत्व माथि प्रहार गर्ने षडयन्त्र भएको बताएका थिए । यसलाई कुनैपनि हालतमा सफल हुन नदिने उनिहरुको भनाई थियो ।
तपाइँको प्रतिक्रिया