गर्भवती श्रीमतीलाई यौन सम्पर्क गर्न खोज्दा नमानेपछि हत्या

दीपक घिमिरे,भैरहवा । ८ महिनाकी गर्भवती श्रीमतीलाई यौन सम्पर्क गर्न खोज्दा नमानेपछि श्रीमानले कुटपिट गरी हत्या गरेको रहस्य खुलेको छ ।
अत्याधिक मादक पदार्थ सेवन गरी रुपन्देहीको सिपवा ६ का २५ वर्षीय शैलेश मल्लाहले आफ्नै २२ वर्षीय श्रीमती सुनिता मल्लाहलाई निर्घात रुपमा कुटिपटि गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत शनिवार सुनितका श्रीमानले सुतिरहेको समयमा जवरजस्ती यौन सम्पर्क गर्न खोज्दा श्रीमतीले नमानेपछि उनले गर्भवती श्रीमतीको पेटमा लाठी बर्साउदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्ष्क रामेश्वर कार्कीले जानकारी दिए ।
हत्या गरी केही छिमेकीको मिलोमतो लुकिछुपी दहासंस्कार गरिरहेको अवस्थामा घाटमा पुगेको प्रहरीको टोलीले मृतक सुनिताका श्रीमान सहित मलामी गएका ५ जनालाई पक्राउ गरी अनुसन्धान गर्दा उक्त रहस्य खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामेश्वर कार्कीले बताए । उनका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा श्रीमानले यौन सम्पर्क गर्न खोज्दा श्रीमतीले नमानेपछि हत्या गरेको स्विकार गरेका थिए ।
पक्राउ पर्नेहरुमा सिपवा ६ का मृतकका श्रीमान सहित ६० वर्षीय ससुरा रतन मल्लाह, छिमकी २६ वर्षीय शिवदास कलवार, २७ वर्षीय शिवड मल्लाह र २५ वर्षीय सुरज मल्लाह रहेका छन् । प्रहरीले उक्त घटनाको सार्वजनिक आज मात्रै गरेको हो । पक्राउ परेको व्यक्ति उपर आवश्यक अनुसन्धान तथा कार्यवाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया