गर्वावती महिलालाई झुल वितरण

बिबेक भण्डारी १, मातृभुमि युवा क्लवको आयोजना र शिवमन्दिर स्वास्थ्य चौकि कावासोती ३ को सहयोगमा गर्भवति महिलाहरुको लागि झुल वितरण गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि मातृभुमि युवा क्लवको सभाहलमा सो कार्यक्रमको आयोजना गरि झुल वितरण गरिएको हो । शिवमन्दिर स्वास्थ चौकीका प्रमुख डा कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नागरिक वडा मञ्च कावासोती नगरपालिकाका संयोजक ज्ञानप्रसाद डुम्रे, विष्णुनगर सामुदायिक वनका अध्यक्ष यमबहादुर थापा लगायतको विशेष आतिथ्यता रहेको कार्यक्रममा १६ जना गर्भवति महिलालाई सुपानेट झुल वितरण गरिएको मातृभुमि क्लवका अध्यक्ष तथा कार्यक्रमका सभापति भरत गौडेलले जानकारी दिनुभयो । कार्यक्रमको संञ्चालन तिर्थराज डुम्रेले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया