गाँउलेलाई दैनिक उपभोग्य सामाग्री ल्याउन नदिएपछि स्थानीयबासीहरु मोर्चाका कार्यकर्ता विरुद्ध खनिए

पुरुषोत्तम सुबेदी
नवलपरासी १७ असोज : नवलपरासीको पक्लिहवामा सीमावर्ती भारतीय बजारबाट गाँउलेलाई दैनिक उपभोग्य सामाग्री ल्याउन नदिएपछि स्थानीयबासीहरु मोर्चाका कार्यकर्ता विरुद्ध खनिएका छन् ।
सीमावर्ती क्षेत्र पक्लिहवा –१ स्थित नठही नगरमा मार्चाका कार्यकर्ताले शनिवार गाउँलेले ल्याएका दैनिक पेट्रोलीयम पदार्थ समेतका उपभोग्य सामाग्री मोर्चाका कार्यकर्ताहरुले फ्याकेपछि झडपसमेत भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेलाटारीका निरीक्षक जगतबन्धु पोखरेलका अनुसार सीमावर्ती भारतीय बजार बलिनगरबाट पक्लिहवा र नर्सहीका स्थानीयवासीहरुले ल्याउँदै गरेको दैनिक उपभोग्य सामाग्रीलाई मोर्चाका कार्यकर्ताहरुले फ्याकिदिएपछि सामान्य झडप भएको हो । सो क्रममा तमलोपाका बरिष्ठ उपाध्यक्ष ह्दयश त्रिपाठीका स्वकिय सचिव करम हुसेनसहित पाँच जना सामान्य घाईते भएका थिए । झडपमा संलग्न स्वकिय सचिव हुसेनले भने केही व्यक्तिले नाकाबाट मोटरसाईकलमा पेट्रोल लिएर आएको र त्यसलाई रोक्न खोज्दा सामान्य झडप भएको बताएका छन् ।
उक्त नाकाबाट भारतीय सुरक्षाकर्मीहरुले सामान ओसारपसारमा कुनै कडाई नगरेपनि नेपालतर्फमा बसेका मोर्चाका कार्यकर्ताहरुले अवरोध गरेको भन्दै उक्त कार्य नदोह¥याउन स्थानीयले चेतावनी दिएका छन् ।
क्षेत्र नं. ६ मा पर्ने उक्त सीमा नाका र गाविसहरुमा नेपाली कांग्रेसको क्षेत्रिय समितिले संविधान निर्माण सम्बन्धि जागरण अभियान सञ्चालनसमेत गरेको छ । क्षेत्र नं. ६ का सभासद देवकरण जयसवालको नेतृत्वमा जनजागरण अभियान सञ्चालन हुन थालेपछि केही स्थानमा मोर्चाका कार्यकर्ताहरुले कार्यक्रमलाई बिथोल्न थालेका छन् । शनिवार नर्सहीमा भएको कार्यक्रमलाई मोर्चाका कार्यकर्ताहरुले बिथोल्न जाँदा तनावको स्थिति सृजना भएको थियो । संविधान सभा सदस्य जयसवालले भने कसैले बिथोल्दैमा आफ्ना कार्यक्रम नरोकिने भन्दै गाउँगाउँमा अन्र्तकृया र भेलामार्फत जागरण अभियानलाई तिव्ररुपमा अघि बढाईएको दावी गरेका छन् । संविधानसभा निर्वाचनमा क्षेत्र नं. ६ बाट तमलोपाका वरिष्ठ उपाध्यक्ष ह्दयश त्रिपाठी पराजीत भएको क्षेत्र हो ।
तपाइँको प्रतिक्रिया